यस्तो छ : नन्दकिशोर पुन पासाङको जीवनी

pasangकाठमाडौं । एमाओवादी पार्टी र जनमुक्ति सेनाभित्र सर्वस्वीकार्य सैन्य कमाण्डरको नाम हो- नन्दकिशोर पुन पासाङ अर्थात् नन्दबहादुर पुन । युद्धकालमा प्रतिक्रियावादी सरकार र सैन्य पङ्क्तिका लागि पासाङ नाम जति डरलाग्दो थियो आज त्यही नाम उत्तिकै गौरवशाली बनेको छ । देशमा परिवर्तन चाहने स्वाभीमानी राष्ट्रवादी नेपाली जनताका लागि पासाङ लोभलाग्दो र उदाहरणीय नाम बनेको छ । यो नाम आज जनता र पार्टीमा स्वच्छ, निडर र इमान्दार राष्ट्रवादी नेताका रुपमा स्थापित छ । पासाङ नेपालका जनरल ज्याप’का रुपमा चिनिनुहुन्छ । अमेरिकी साम्राज्यवादविरुद्धको सशस्त्र प्रतिरोध आन्दोलनका भियतनामी सैन्य कमाण्डर जनरल ज्याप पासाङका लागि पनि आदर्श कमाण्डर हुन् । जनरल ज्यापबाट प्रेरित र प्रभावित पासाङले नेपालको जनयुद्धमा सैन्य कमाण्डरको त्यही उचाइको भूमिका निभाउनु भयो । उहाको कमाण्डमा जनमुक्ति सेनाले लडाइँ गर्दै जितेका महत्वपूर्ण फौजी कार्वाहीहरू धेरै छन् ।
पासाङको जन्मथलो रोल्पा भए पनि हाल उहाँको बसोबास काठमाडौंको कपनमा छ । ग्रामीण इलाकामा जन्मेर हुर्केका पासाङको राजनीतिक जीवन २०३६ सालदेखि सुरु भयो । उहाँ २०३७ सालमा राङसी विद्यालय इकाइ कमिटीका अध्यक्ष हुनुभयो । २०३९ सालमा लिवाङमा पढ्दै गर्दा उहाँ अखिलको प्रथम उपकेन्द्रीय सम्मेलनको रोल्पा जिल्ला प्रतिनिधिका रुपमा चुनिनुभयो । विद्यार्थी भएर कम्युनिस्ट राजनीति गरेको आरोपमा उहाँले विद्यालय छोड्नु पर्‍यो । उहाँ लिवाङ छोडेर पढाइका लागि थवाङ जानुभयो । २०४२ सालमा उहाँले थवाङबाट एसएलसी उत्तीर्ण गर्नुभयो । २०४३ सालमा आफ्नै गाउँ राङसीमा शिक्षक बनेर फर्किनुभयो र शिक्षक सङ्गठनमा आबद्ध हुनुभयो । २०४१ सालमा विद्यार्थी छँदै थवाङको पुलिसद्वारा उहाँलाई तीन दिन चौकीमा राखेर यातना दिइएको थियो । २०४८ सालमा १३ दिन लिवाङ पुलिस हिरासतमा बसेका पासाङलाई पछिल्लो चरणमा एकैचाटि २५र३० वटा मुद्दा लगाइयो । जनयुद्धपछि उहाँको टाउकाको मूल्य तोकियो । प्रतिक्रियावादी पुलिस सेनाले हालसम्म १५/२० पटक उहाँको घर खानतलासी र तोडफोड गरिसकेको छ । युद्धका बेलामा पटक पटक मृत्युलाई नजिकैबाट आत्मसात् गरेका अनुभूतिहरु उहाँसँग धेरै छन् ।
दाङ क्याम्पसमा पढ्दै गर्दा २०४६ सालमा उहाँ विद्यार्थी क्याम्पस इकाइ अध्यक्ष हुनुभयो । वर्ग सङ्घर्षमा उहाँ पूरै क्रियाशील हुनुभयो । त्यही क्रममा उहाँमाथि अनेक मुद्दा लगाइयो । २०४६ सालमै पार्टी सदस्यता प्राप्त गरी उहाँ एकता महाधिवेशनपछि बनेको नेकपा एकता केन्द्रको पार्टी सदस्य र युवक संगठनको सदस्य हुनुभयो । २०४८ मा उहाँ पार्टीको पूर्णकालीन सदस्यभई भूमिगत राजनीतिमा प्रवेश गर्नुभयो । जनयुद्ध सुरु हुनुअगावै उहाँ र उहाँको पार्टीमाथि दमन सुरु भइसकेको थियो । २०५१ मा स्थानीय फटाहा र पुलिसको मिलेमतोमा स्थानीय चम्का मेलामा उहाँलाई गोली हानी हत्या गर्ने प्रयास गरियो । देब्रे हातमा गोली लागे पनि उहाँ मृत्युको मुखबाट उम्कन सफल हुनुभयो । उहाँलाई बचाउनका लागि जुध्ने दुई युवा लोकबहादुर घर्ती र मनबहादुर पुनले भने सहादत प्राप्त गर्नु पर्‍यो ।
नेकपा एकताकेन्द्र बनेपछि उहाँ रोल्पा जिल्लाको पहिलो जिल्ला कमिटी सदस्य -पाँचमध्ये एक हुनुभयो । जनयुद्धको तयारीका क्रममा उहाँ रोल्पा जिल्ला सदस्य, वाइसिएल योङ कम्युनिस्ट लिग० का अध्यक्ष तथा सैन्य प्रशिक्षक हुनुभयो । यसपछि २०५२ सालमा जनयुद्धको थालनीदेखि लडाकु दलको कमाण्डर हुँदै उहाँ २०५५ मा टास्क-फोर्स कमाण्डर र २०५६ मा स्थापित छापामारहरूको पहिलो कम्पनीका कमाण्डर हुनुभयो । त्यसपछि बटालियन कमिसार, बटालियन कमाण्डर, ब्रिगेड कमाण्डर, डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर र प्रमुख कमाण्डरसम्म हुनुभयो ।
पासाङ कुशल कमाण्डर मात्रै हुनुहुन्न, उहाँ समाजसेवी र दक्ष प्राविधिक पनि हुनुहुन्छ । उहाँले जनयुद्धका बेला थ्री नट थ्री, एसएमजी, ट्वेल्बोर आफैंले निर्माण गर्नुभएको थियो । तत्कालीन जनमुक्ति सेनासँग रहेका ८१ एमएम मोर्टार र त्यसका सेलहरू, टु इन्च मोर्टार र त्यसका सेलहरू, डिर्चाज कम र स्वचालित हतियारका पार्टपुर्जाहरू उहाँकै निर्देशनमा बनाइएका हुन् । पार्टीको चौथो विस्तारित बैठकपछि इतिहासमै छापामारहरूको पहिलो टास्क-फोर्स गठन भयो । त्यतिबेलै उहाँ क्षेत्रीय ब्यूरो सदस्य, पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपछि केन्द्रीय सदस्य ९सिसिएम०, गोवा बैठकपछि पोलिटब्यूरो सदस्य ९पिबिएम० र चुनबाङ बैठकपछि महाधिवेशन आयोजक समिति सदस्य र जनसैन्य प्रतिष्ठानको इन्चार्ज हुनुभयो । हाल उहाँ एकीकृत नेकपा माओवादीको स्थायी समिति सदस्य हुनुहुन्छ । राजनैतिक सङ्घर्ष वा वर्गसङ्घर्षसँगै उहाँले औपचारिक शिक्षालाई पनि छोड्नु भएन । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र विषयमा एमएसम्मको अध्ययन गर्नुभएको छ । उहाँसँग सैन्य-विज्ञानको गहन अध्ययन र अनुभव छ । क्लाउज विट्ज, सुन्जु, माक्र्स, लेनिन, माओ हुँदै जनरल ज्यापका लेखनप्रति उहाँ विशेष आकर्षित हुनुहुन्छ । प्रायस् अमेरिकी सैन्य प्रकाशन तथा प्रथम र द्वितीय विश्वयुद्धताकाका सैन्यविद्का अनुभव र विश्लेषणहरुको अध्ययन उहाँमा छ । सैन्य-विज्ञानकै अध्ययनका क्रममा उहाँले रामायण’ र महाभारत’ पनि धेरै पटक पढ्नुभएको छ । रामायण र महाभारतका लडाइँहरूबाट अन्तरविरोध र त्यसको सही समायोजनका बारेमा ज्ञानबद्र्धक कुरा सिक्न सकिने उहाँको अनुभव छ । पासाङ जनयुद्धका सहिद कमल पुनका दाइ हुनुहुन्छ । सहिद परिवार, बेपत्ता तथा घाइतेका परिवारका पीडा र अनुभव उहाँसँग छ । साहित्य-कलाप्रति अभिरुचि राख्ने पासाङले गीतहरुको रचना गर्नुभएको छ । उहाँका ५० /६० जति गीतमध्ये जनताहरू उठ्दै छन् जाग्दैछन्।।।’, हामी राता मान्छे।।।’, हुरीका सन्तान हौं हामी’ बोलका गीतहरु चर्चित छन् । अहिले उहाँ एमाओवादीको तर्फवाट उपराष्ट्रपतिका लागि अगाडि सारिनु भएक्ो छ ।

प्रकाशित मिति: २०७२ कार्तिक १० गते ८:५१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी