मर्ने कसैलाई रहर हुँदैन… ५ वर्षदेखि ओछ्यानमै !

marne 3प्युठान, २६ मंसिर । हंसपुर–४ का गोपिराम हुङ्चुङ उमेरले ७० वर्ष पुगे । ओछ्यानमा थला परेको उनी पाँच वर्ष बितिसक्यो । न त उनी उठ्न सक्छ्न, न त दायाँबायाँ गर्न । न केही काम गर्न सक्छन् । मुस्किलले ओल्टेकोल्टे फर्कन सक्ने ती वृद्धा हातगोडा लुलो हुँदा उठ्नसमेत सक्दैनन् । उपचार खर्च जुटाउन नसकेपछि रोएरै उनको दिन बितेको छ । दिशापिसाब गर्न पनि उनलाइ अरुको सहारा चाहिन्छ । गोठेरी गाउँमा एउटा भत्किएको घर र चुहिने खरको छानोमुनी उनी कष्टकर जिन्दगी बिताइरहेका छन् । उनको छाप्रोमा न बस्ने ठाउँ राम्रो छ, न त सुत्नका लागि लत्ताकपडा नै गतिला छन् । पकाउने भाडासमेत छैन, उनीसँग ।
उनी भन्छन् ‘यसरी मुढोझैँ लत्रिएको पाँच वर्ष पुग्यो होला, हरेकसाँझ बिहान पेटभरी खाएको याद छैन ।’ ८÷१० वर्षअघि भारतको कटनीमा चौकीदार काम गर्दा हुङ्चुङ पहिले त हृष्टपुष्ट र बलियो बांगो थिए । तर, उनी नोकरी छाडेर घर फर्किए अकस्मात् शरीर नचल्ने हुँदा जिन्दगीको कालो अध्याय सुरु भयो । उनी हिँड्डुल गर्न त सक्दैनन् नै दिशापिसाबसमेत ओच्छ्यान मै गर्नुपर्ने बाध्यता छ । ‘खै के रोग लाग्यो ?’ उनले भने, ‘रोग निको पार्ने भगवान् खोज्दै छु ।’

marne.jpg-2
कुँजो शरीर सधैँ ओच्छ्यानमा लत्रिएको अवस्थामा हुन्छ । उनीसँग पहाडको थोरै धेरै सम्पत्ती त छ, तर सम्पत्ती बेचेर उपचार गर्न दाजुभाइले नमान्दा उनको रोग झन्झन् बल्झिँदै गएको छ । उनीप्रतिको दायित्व उनकै आफन्तले समेत पूरा गर्न सकेका छैनन् । यसप्रति उनको गहिरो चित्त दुखाइ छ । ‘सम्पत्ती बेचेर भए पनि मेरो उपचार गरिदेउ भन्दा पनि कसैले सुनेन ।’ उनले भने ।

marne-1
उनी भारतमा मजदुरी गरिरहेकै बखत पत्नी पोइल गइन् । उनकी एक मात्र छोरीको बिहे भएको एकदशक नाघिसक्यो । उनी अहिले आफन्तबाटै समेत सहयोग नपाउँदा बेसाहरा बनेका हुन् । शरीर नचल्दा उनको ३६ रोपनी पाखेबारीसमेत यतिबेला बाँझै छ । आर्थिक कठिनाइका कारण समयमा नै उपचार नपाउँदा उनको यो हविगत भएको हो । आर्थिक सहायता जुटाउन नसक्दा उनलाई लागेको रोगको समेत पहिचान हुन सकेको छैन । उपचार खर्च नहुँदा अस्पताल लैजान नसकिएको उनका भतिजा एकबहादुर हुङ्चुङले बताए ।
गाउँका छिमेकी र उनका माइला दाजु कुबिरले साँझबिहानको खाना पु¥याइदिने गरे पनि धेरै जसो छाक भोकभोकै बस्नु परेको गोपिरामले सुनाए । हातगोडा चल्न छाडेपछि प्यारालाइसिस हो कि भन्ने शंकामा औषधि सेवन गरे पनि बीसको उन्नाइस् नभएको उनले बताए ।
उपचार पाए रोग निको हुन्थ्यो कि भन्ने आस उनमा छ । ‘सास रहुन्जेल आस हुँदो रहेछ हजुर,’ गहभरि आँसु झार्दै उनले भने, ‘मलाई अझैँ बाँच्ने रहर छ ।’ राज्यले सहयोग ग¥यो भने उनको उपचार हुन्थ्यो कि भन्छन्, स्थानीय छविन्द्र विश्वकर्मा । सलिम अन्सारी

 

प्रकाशित मिति: २०७२ मंसिर २७ गते २०:३७ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी