यस्तो छ अमेरिकामा पोर्न स्टार बनेकी नेपाली चेली विन्दू परियारको कहानी

bindu pariwarम बिन्दु परियार, अहिले निकै चर्चाको बिषयमा छु भन्दा केही फरक नपर्ला । अहिलेसम्म मिडियामा मेरा बारेमा जे जस्ता कुरा आए पनि मलार्इ त्यसको मतलब छैन । हुन पनि मैले यहाँ अमेरिकामा गरेको काम नेपाली सोसाइटिमा नपच्ला र पच्दैन पनि । अब चर्चाकै चासो र मानिसहरुका खुल्दुलीका लागि यो म्यासेज दिन जरुरी ठान्दछु । नेपालमा जन्मेका पढ्ने बुझ्ने तथा आमाको दुध पिएका नेपालीले यो कुरा अवस्य बुझ्ने छन् । अमेरिकाबाट सबै नेपालीमा मेरो शुभकामना ।
म धौलागिरी बोडिङ स्कुल बाट एसएलसी र ज्ञानुबाबा बाट १२ क्लास उतीर्ण गरि अहिले अमेरिकामा छु । हो मिडियामा आएका केही कुरा ठिक पनि छन् तर सबै हैन । हेमजा मेरो घर हो । बिष्णु पादुका स्कुल मेरो जिवनको दोस्रो स्कुल हो । पोखराको राम बाराही स्कुल बाट बिष्णु पादुकामा गए , त्यहाँ मैले ३ क्लास पास गरेपछि मेरो सानु बाउ, जुन आहिले मेरो श्रीमान भनेर चर्चामा छन त्यसैले मलाई धौलागिरी बोडिंग स्कुलमा पढाएको हो । मैले १२ पास गरे पनि मलाइ मिडियाले एसएलसी समेत उतिर्ण नगरेको भन्दा हासो लाग्यो र कता कता रिस पनि, नेपालमा मैले जस्तो लुगा लगाएर हिडेपनि, मलाई नराम्रो नजरले हेरे पनि मेरो घरमा आएको मानिसहरुले मलाई म कस्तो खाले केटी हो भन्ने बुझेको छ । मेरा बारेमा मिडियामा आएको कुरा सबै ठीक हैन । हो अमेरिकामा मैले रात्री क्लबमा काम गरेको हो र बैश हुने बेला सम्म गर्छु । यो डान्स नेपालमा सायद कुनै जिवनमा पनि गर्न नसकिएला र गर्न पनि नपरोस । हो मैले सेक्स पनि गरेको हो जुन अमेरिका मा लिगल छ, यो कुरा नेपालमा सबैलाई थाहा छ । म कुनै नेता वा मन्त्रि होइन भाषण दिनलाइ र दिन पनि चाहन्न ।
अब कुरा गरौ म अमेरिका कसरी आए भन्नु पर्दा मेरो भाग्य नै होला । मान्छे अमेरिका आउन मात्रै पाए भन्ने कतिले सोच्छन यो कुरामा म सहमत छु । कुरा के हो भन्दा म यहाँ झुठो आश्वसनमा आए । मेरो सानो बाउ भन्ने मान्छे मेरो सानी आमाको एक्स बुढो हो । सानी आमासँग ११ वर्ष बसेपछि मेरो दिदि पर्ने सिता परियारलाई ल्यायो । त्यो बेला दिदी जम्मा १७ वर्षको हुनुहुन्थ्यो । लगेर यहाँ उसले दिदीलाई क्लबमा नचाउन पुरायो । हामी नेपालीलाई त के थाहा हुन्छ र नेपालमा त छैन यस्ता क्लब । हुन त आजभोलि बारमा डान्स गरेर आफ्नो जिवन चलाउने दिदिबहिनीहरुलाई त भालु, रन्डि भन्छन भने म त यस्तो क्लब मा काम गरे जहाँ डान्स मात्र नभएर आफुले लगाएको कपडा पनि खोल्नु पर्ने हुन्थ्यो । कारण थियो तेही अमेरिकन सानो बाऊ । मेरो १२ सम्म पढाउने खर्च त्यसले नै दिएको थियो जुन मेरो लागि राम्रो थियो । अमेरिका आएर राम्रो लाईफ बनाउने कस्को इच्छा हुँदैन र ? त्यसैले मलाई यहाँ ल्याइयो । आएपछि मैले यहाँ स्कुल गए र १२ पास गरे जुन नेपालको ंप्लस २ जस्तै हो । नर्सिङ पढ्ने इच्छा थियो नेपालमा र त्यहाँ पनि त्यो पुरा हुन सकेन ।उसले नै यहाँ अमेरिकामा पढउछु भनेर यस्तो क्लब मा नचाउन बाध्य बनाएको हो ।
त्यो क्लबमा काम गर्नु यहाँ ठुलो कुरा हैन तर काम सजिलो छैन । हो यदि राम्रो शरिर र जवनी छ, बोल्न जान्ने छ भने २र४ महिनामा नै करोडपति भइन्छ । उसले मलाइ अमेरिका आउँदा लागेको खर्च र नेपालमा हुँदा पढएको खर्छ समेत गरेर पचास हजार डल्लर माग्यो र नदिए ज्यानमार्ने धम्की समेत दियो । क्लब मा काम गर्दै जादा मैले कमाएको पैसा त्यसले खोस्न थाल्यो । मेरो म्यानेजरले क्लबमा नै पैसा जम्मा गर भनेर मैले त्यहाँ पैसा जम्मा गरेर मेरो परिवारलाई एउटा बस्ने बास बनाइदिए । मेरो लागि परिवार नै ठुलो हो । मान्छेले सोच्लान र प्रश्न गर्लान परिवारको बारेमा सोच्ने भए किन यस्तो गरिस भनेर ? त्यो सब घरि घरि भन्न नपर्ला । हो कमाएको पैसाबाट दिन मा २ सय डलर जति जम्मा गरेर मेरो बाबा, आमालाई बस्ने ठाउँ बनाइदिए । यति धनि भएको भए सायद मैले यस्तो काम गर्न नै पर्दैन थियो होला ।
मैले सेक्स भन्ने कुरा गरेको हो । नचाहदा नचाहादै भयो त मैले के गरम ? सेक्स अमेरिकामा इलिगल छैन । यहाँ जस्ले जती बेला गरे पनि कसैले केही भन्दैन । तर मैले पैसा लिएर सेक्स गरेकी छैन । म बेश्यावृत्ति गर्दिन । थाइल्यन्ड जादा वीचमा विकिनी लगाएको र पोलमा नाचेको फोटोहरु कुनै नौलो कुरा हैन र त्यस्तो फोटो छाप्ने केटी यो संसारमा म मात्र एक्लो हैन । आफु जुन देशमा छ त्यो देशको सन्कृति र रहनसहन मा बाच्न नजान्ने हो भने यहाँ दुख पाइन्छ । सेक्स यहाँ खुल्ला रुपले गर्छन र पोर्न फिल्म पनि धेरै बनेको छ । पाए र हुन सके पोर्न स्टार बन्नु मा पनि म पछि पर्दिन । जुन कामले तिमि संसारमा बाच्न सक्छौ र त्यस्ले तिमिलाइ खुशी दिन्छ त्यो काम तिमिले गर्दा कुनै फरक पर्दैन । यहाँ धेरै छन सेक्स गर्ने र पैसा कमाउनेहरु । मैले नेपालमा नराम्रो काम केही गरेको छैन र यहाँ पनि गरिन र गर्दिन पनि, यहाँ को काम जसरी चल्छ मैले त्यही गरे ।
मान्छे डाक्टर्, पाइलट्, इनजिनियर बनेर के नै गर्छ र ? त्यही पैसा कै लागि त हो । मैले मान्छे मारेको छैन, गल्ति गरेको छैन भने यो कुरालाई किन सगरमाथा भन्दा नि ठुलो बनाउन पर्छ र ? हो थाहा छ नेपाल कि छोरी भएर यस्तो काम गर्न सुहाउदैन तर जुन काम ले तिम्रो बाबु आमालाई सुख हुन्छ त्यो काम गर्दा कुनै नराम्रो हुन्न । हल्लेर, चोरेर, ठगेर, अरुलाई मारेर खानु भन्दा त काम गरेर खानु बेस नि । मेरो कहाँनि भनेर कहिले सिध्धिन्न । अरुलाई यो मार्फत के भन्नु छ भने त्यो मलाई अमेरिका ल्याउनेवाला मेरो बुढो हैन बुवा थियो र त्यो नमरुन्झेल बुवा नै हुनेछ । सेक्स भिडियोहरु मेरो जति पनि बनेका छन त्यो सबै उसैको जबर्जस्तिमा हो । नाइट क्लबमा डान्स गर्नु मेरो रहर हैन बाध्यता हो यो कुरा भनि राख्न पर्दैन ।
मैले धेरै थोरै कमाएको पैसा मैले मेरो बा, आमा र भाइहरुका लागि खर्च गरेकि छु । सिताको कुरा ल्यएर मेरो कुरामा जोडि दिंदा मान्छेलाइ दोधार भएको छ । सिता र मेरो स्टोरि फरक फरक छ । तर हामि दिदि बहिनि देश धेरै टाढा छौ र खुशी पनि छौ । हो समाजले हामिलाई स्विकार्दैनन तर पनि ठिकै छ जुन समाजले सबै कुरा गलत लिन्छ भने त्यो समाज के समाज ? पढ्ने र बुझ्नेलाई यति म्यासेज भए हुन्छ नबुझ्ने र बुझे पनि बुझ पचाउनेलाई डाडु मा पानि तताएर मरे पनि खासै फरक पर्दैन । bindu 2 hotविदेशमा आएर दुख पाउन भन्दा नेपालमा नै मर्नु जाति । मेरो आन्तिम भनाइ यही छ ।

प्रकाशित मिति: २०७२ पुष १४ गते १०:०३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी