गजल

-पदम दुखी सम्बाहाम्फे

padamहारेर जिन्दगानी फर्केर गयो
आशुको बर्साद झै दर्केर गयो

थोरै मात्र थियो गन्तव्यमा पुग्नु
आफैले आफैलाइ तर्केर गयो

बिरक्त लाग्दो प्रबासमा अचेल
सुनौलो सपना त लर्केर गयो

बन्दकिमै जफत भएको बेला
खुलेआम समीप चर्केर गयो

लथालिङ्ग छरेको कहानी सबै
बेखुसी सधैलाइ अर्पेर गयो

नजाउ भन्न सकिएन पर्ख के भनौ
सम्साझै कडकिएर झर्केर गयो
रानीगाउँ पाँचथर
हाल दोहा कतार

प्रकाशित मिति: २०७२ चैत २९ गते ८:४१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी