कहिले तोकिएला प्रदेशको राजधानी ? यी हुन् सम्भावित प्रदेश राजधानीहरु

काठमाडौं ।

संघीयता कार्यान्वयनमा सरकार सुस्त देखिएको छ । संघीयता कार्यान्वयनको पहिलो सर्त प्रदेशको राजधानी तय गर्ने विषयमा अहिलेसम्म छलफलसमेत हुन सकेको छैन ।

आगामी ७ माघ ०७४ भित्र स्थानीय निकाय, प्रदेश र संघको समेत गरी तीनवटा निर्वाचन गर्नुपर्ने अवस्था छ । तर, संविधान जारी भएको सात महिना पूरा हुँदा पनि प्रदेश सिमाना विवाद टुंगो लागेको छैन ।

Sanghiyata

अहिलेसम्मको सरकारी तयारी हेर्दा अझै एक वर्षसम्म प्रदेशको राजधानी तोकिने सम्भावना छैन । प्रदेशको राजधानी नतोकी निर्वाचन हुन सक्दैन । गत २६ चैतको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको नेतृत्वमा १३ सदस्यीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना उच्चस्तरीय निर्देशक समिति गठन गरेको थियो । सोही बैठकले मुख्यसचिवको नेतृत्वमा नौ सदस्यीय संघीयता कार्यान्वयन तथा प्रशासन पुनर्संरचना समितिसमेत गठन गरेको थियो ।

तर, दुवै समितिले काम थालेका छैनन् । जसले गर्दा कार्यविधि कहिले तयार हुन्छ ? टुंगो छैन ।

राजधानी तोक्नेबारे कस्तो छ संवैधानिक व्यवस्था ?
संविधानको धारा २८८ मा नेपालको र प्रदेशको राजधानीबारे उल्लेख छ । ‘नेपालको राजधानी काठमाडौंमा रहनेछ । यस संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ । उपधारा २ बमोजिम निर्णय नभएसम्म नेपाल सरकारले तोकेबमोजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुनेछ,’ सो धारामा भनिएको छ ।

के छ संक्रमणकालीन व्यवस्थामा ?
संविधानको धारा २९५ मा प्रदेशको सीमांकनसम्बन्धी विषयमा सुझाब दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्नसक्ने व्यवस्था छ । प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट हुनेछ र गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न सरकारले एक आयोग गठन गर्नेछ ।

आयोगको गठन यो संविधान प्रारम्भ भएको मितिले ६ महिनाभित्र गरिनेछ । त्यस्तो आयोगको कार्यावधि एक वर्षको हुनेछ ।

सम्भावित राजधानी
प्रदेश १
विराटनगर, इटहरी, धनकुटा
प्रदेश २
जनकपुर, लालबन्दी, वीरगन्ज
प्रदेश ३
बनेपा, काठमाडौं, चितवन, हेटौँडा
प्रदेश ४
पोखरा
प्रदेश ५
दाङ, बुटवल, नेपालगन्ज
प्रदेश ६
जुम्ला, खलंगा, वीरेन्द्रनगर, सुर्खेत
प्रदेश ७
दिपायल, डडेल्धुरा, धनगढी, महेन्द्रनगर

प्रकाशित मिति: २०७३ वैशाख ५ गते ८:११ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी