युवा गजलकार मैनालीको गजल संग्रह बजारमा (बिमोचनको फोटो फिचरसहित)

‘बिभाजनका रेखाहरु र मनको तिर्खा, भोक, प्यास मेटाउने साधन गजल’

DSC02693काठमाण्डौं, ११ बैशाख । शसक्त युवा गजलकार प्रदीप कसमार मैनालीद्वार लिखित गजल संग्रह ‘तुलसीको पात’को बिमोचन बरिष्ठ साहित्यकार, प्राज्ञाहरु तथा सँस्कृति तथा पर्यटन मन्त्रीद्वारा गरियो । उक्त पुस्तकको बिमोचन अनाममण्डलीको आयोजनामा राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको हो ।


बिमोचन कायर्यक्रममा गजलकार मैनालीका गजलहरु बिभिनन श्रष्ठाहरुले बाचन तथा समक्षिा गरेका थिए । अतिथिहरुले मैनालीलाई शुभकामना र सुझाव दिएका थिए ।


प्राध्यापक प्रभातकिरणले गजलकार मैनालीले पहिलो पुस्तकमै धेरै गजल ८४ वटा गजलहरु संकलन गरेकोमा प्राशंसा गरे । उनले अर्थशास्त्रका बिद्याथी मैनालीले नेपाली गजललाई कसरी प्रयोग गरेका छन् ? आफूले त्यो हेरेको बताए । शौन्दर्य शास्त्र, बिषय बस्तुका आधारमा एउटै पुस्तकबाट सबल पक्ष पाएकोमा खुशी ब्यक्त गरे ।

DSC02717
त्यसै गरी गजलकार तथा प्राध्यापक डा.देवी नेपालले सिर्जनाले मान्छेलाई चिनाउने धारणा ब्यक्त गरे । मैनालीको गजल शुन्यता र भौतिकबादको संयोजन रहेको तर, राष्ट्र र नागरिकको पक्षमा गजल हतियार बन्नु पर्ने सुझाव दिए ।  गजलकार बुँद रानाले बिभाजनका रेखाहरु र मनको तिर्खा, भोक, प्यास मेटाउने साधन गजल रहेको बताए ।


प्रमुख अतिथि सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोख्रेलले जनताको जित भएको लोकतन्त्र दिवसको दिन पारेर लोकापर्ण राखिएकोमा आयोजकलाई धन्यावद दिए । उनले आफ्नो कार्यकालमा राम्रो काम गर्न चाहेकोले तयसका लागि निर्देशन दिन बिज्ञ साहित्यकारहरुसँग अनुरोध गरे । मन्त्री पोख्रेलले भने, “म मेरो कार्यकालमा राम्रो काम गर्न चाहने मान्छे, मलाई निर्देशन दिनस म त्यो राम्रो कामको प्रतिक्षामा छुु ।’ उनले अगाडि भने, “सम्पदा र संस्कृतिको देश नेपाल जति अरु देख्दिन । मैले धरहरा बनाउन खोज्दा नीजि कम्पनीलाई दिएको आलोचना पाएको छु ।  सबै जातिको सस्कृतिको म्युजियम बनाउन अर्थ मन्त्रालयलाई पैसा मागेको छु ।’
समारोहमा साहितयकारहरु राम बहादुर पहाडी, चेतन कार्की, डा. ओम शर्मा, सुवास अगम, घनश्याम वली, बालकृष्ण शिवाकोटी, प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेति, लक्ष्मी श्रेष्ठ लगायतले शुभकामना तथा गजल वाचन गरेका थिए । आयोजक अनाम मण्डलीका अध्यक्ष्य बलराम दाहाल तथा संस्थापक सूर्य सुवेदीले शुभकामना राखेका थिए । महासचिव जय गौडेलद्वारा स्वागत मन्तब्य राखिएको थियो भने कार्यक्रमको सञ्चालन सरोज घिमेरेले गरेका थिए ।
कार्यक्रममा साहित्य अनुरागी श्रोता तथा गजलकारहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।
मैनाली अर्थशास्त्रमा बिद्याबारिधि गर्दैछन् । उनले समाजका बिकृति र नेपाली मनका आशा, निराशा तथा बास्तबिक जीवनका नियतिहरुबाट गजलका बिषयबस्तु बनाएको बताए । उनको प्रस्तुति र लेखन शैलीले गजलको क्षेत्रमा अधिक प्रशंसा हाँसिल गरेको छ । भावी दिनमा यस बिधालाई निरन्तरता दिने जानकारी मैनालीले नेपाल आवाजलाई दिए ।
ब्यक्तिगत रु २०० र संस्थागत रु ५०० रहेको गजल संग्रह आजदेखि बजारमा उपलब्ध छ । उक्त पुस्तक अनाममण्डली गजल समूहले बजारमा ल्याएको छ ।

प्रकाशित मिति: २०७३ वैशाख १२ गते १:०८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी