गर्भवती महिलाको पेटभित्र देखिए ‘जीसस’

jesus-in-ultrasound-इण्डियाना । पश्चिमी देशहरुमा धेरै पटक जिसस को दर्शन पाएको दावी गरेको समाचारहरु सुन्दै आईएको छ । कहिले आकाशमा, कहिले बादलमा जिससको आकृति देखिएको, कहिले खानाको प्लेटमा जस्ता समाचार सुनिन्छ । तर पछिल्लो समय एक महिलाको अल्ट्रासाउण्डको रिपोर्टमा क्रसमा झुण्डिएका जीससको आकृति देखेर डाक्टरहरु पनि आश्चर्यमा परेका छन् ।

अमेरिको इण्डियाना शहरमा रहने एक गर्भवती महिला ऐले मेयरको अल्ट्रासाउण्डको रिपोर्ट सोसियल मिडियामा भाईरल भईरहेको छ । ऐलेलाई जुन महिनामा बच्चा जन्मिने भनेर डाक्टरहरुले डेट दिएका छन् ।
सामान्य किसिमले भएको अल्ट्रासाउण्डको बारेमा पहिला त ऐले पनि खासै ध्यान दिईनन् तर उनको एक साथीले उनको रिपोर्टमा जीससको फोटो देखाए । ऐलेले पनि उक्त रिपोर्ट डाक्टरलाई देखाईन् । जुन रिपोर्ट देखेर डाक्टरपनि आश्चर्यचकित भए ।
अल्टासाउण्डको रिपोर्टको फोटो हेर्दा यस्तो लाग्छ उनको पेटमा जीसस छन् । फोटोमा जीसस क्रसमा देखिन्छन् । ऐलेले उक्त फोटो फेसबुकमा अपलोड गरिन् । त्यसपछि उक्त फोटो भाइरल भएको छ । उनका अनुसार फोटो जुम गरेर हेर्दा जीससको टाउको र खुट्टामा रौं पनि देखिन्छन् ।

jesus-in-ultrasound-2_146

प्रकाशित मिति: २०७३ वैशाख १५ गते १३:४० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी