ओम अस्पताल चोखिँदै, सावित्री श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, १७ बैशाख । चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरमा लापर्वाहीका कारण मृत्यु भएकी सावित्री श्रेष्ठको आज शुक्रबार दिउँसो आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मृतकका जेठाजु राज कुमार श्रेष्ठले मृतकको शवमा दागबत्ती दिए । अन्तिम श्रद्धान्जली दिन मृतकका आफन्त तथा शुभचिन्तकहरु आर्यघाट पुगेका थिए ।

लापर्वाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल घेराउ गरेपछि श्रेष्ठलाई मृतक घोषणा गर्न अस्पतालले सकेको थिएन । यद्यपी अस्पतालले मृतकका परिवारलाई क्षतिपूर्तिको प्रतिबद्धता गरिसकेको छ । अस्पतालले दोषीमाथि कारवाही गर्ने र आगामी दिनमा यस्ता घटना नदो¥याउनेमा बिश्वस्त हुन सबैलाई आग्रह गरेको राजकुमार श्रेष्ठले बताए ।
२७ वर्षिया श्रेष्ठलाई कृत्रिम श्वासप्रश्वास दिई भेन्टिलेटरमा राखिएको थियो । आज आफन्तले भेन्टिलेटर हटाउन स्वीकृति दिएपछि श्रेष्ठलाई मृतक घोषणा गरिएको थियो ।

मृतकको पेटमा रहेको २७ हप्ताको बच्चा भने हिजो नर्मल डेलिभरी भएको अस्पतालले जनाएको थियो । मृत अवस्थामा जन्मिएको बच्चाको हिजै अत्येष्टी गरिएको मृतकका श्रीमान राजेश श्रेष्ठले बताए ।

प्रकाशित मिति: २०७३ वैशाख १७ गते १५:२२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी