२५ हजार शब्द सहितको लिम्बु शब्दकोश तयार

limbu sabdakosलिम्बु भाषाप्रेमीहरूका लागि खुशीको खबर छ । लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश तयार भएको छ । लिम्बू भाषा शब्दकोशकारहरू गम्भीरध्वज तुम्बाहाङ्फे र हर्कजङ कुरुम्बाङद्वारा सङ्कलित, सम्पादित तथा लिम्बुवान अध्ययन केन्द्रमार्फत प्रकाशित ‘लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ भाषा तथा संस्कृतिसेवी डा। चैतन्य सुब्बाले ललितुपर चुम्लुङ हिममा विमोचन गरेका थिए।

शब्दकोशमाथि लिम्बू भाषाविदहरू बेगेन्द्र सुब्बा, अमर तुम्याहाङ र येहाङ लाओतीले समीक्षात्मक प्रस्तुती गरेका थिए । उक्त समारोहमा विमोचित शब्दकोश तथा लिम्बू भाषाको शब्दकोश निर्माणबारे विमर्षसमेत भएको थियो । यूकेबाट अनलाइनमार्फत शब्दकोशकारहरू सहभागी भएको सो कार्यक्रममा समीक्षकहरूबाट उक्त शब्दकोशको विशेष महत्त्व, विशिष्टता र सुधारात्मक पक्षहरूबारे पनि छलफल भएको थियो ।

प्रमुख अतिथि डा। चैतन्य सुब्बाले उक्त शब्दकोश लिम्बू समुदायका लागि अमूल्य निधि भएको बताए । साथै यस शब्दकोशले लिम्बू तथा समग्र नेपाली समाजका लागि ठूलो आवश्यकता पूरा गर्ने उनले बताए । आकार र शब्द प्रविष्टिको हिसाबले हालसम्मकै सबैभन्दा ठूलो र धेरै शब्दहरू सङकलन रहेको उक्त लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोषको विमोचन कार्यक्रममा सहभागीहरू भगिराज इङ्नाम, झुमा वनेम र रामबहादुर तुम्बाहाङफेले समेत आफ्ना जिज्ञासु धारणा राखेका थिए ।

लिम्बूवान अधययन केन्द्रका संयोजक अर्जुन लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रका सदस्य खगेन्द्र जबेगुले स्वागत मन्तब्य र सदस्य सचिव विष्णु सिङ्गकबाट सञ्चालन भएको थियो । यस शब्दकोषलाई श्रीमती करुणा तुम्बाहाङ्फे ९गुरुङ० र भीमकुमारी कुरुम्बाङ ९खापुङ० बाट आर्थिक सहयोग भई लिम्बूवान अध्ययन केन्द्रबाट प्रकाशन गरिएको हो । ८६६ पृष्ठको यस शब्दकोशमा करिब २५००० शब्दहरु समावेश छन् । शब्द कोषको मूल्य १२०० रुपियाँ छ ।

प्रकाशित मिति: २०७३ वैशाख २१ गते २०:५१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी