इन्टाग्राम ह्याक गर्ने १० वर्षीय बालकले जिते १० हजार डलर

एक १० वर्षीय बालकले इन्स्टाग्राम ह्याक गरेर मार्क जुकरबर्गलाई प्रभावित बनाइदिए। इन्टाग्राम फेसबुकको स्वामित्वमा रहेको फेटो सेयरिङ संजाल हो । फिनलैण्डको हेलसिन्कीमा बोसबास गर्दै आएका ‘जानी’ नाम गरेका  बालकले चर्चित सामाजिक सञ्जाल इन्स्टाग्राममा त्रुटि फेला पारेर फेसबुकबाट १० हजार डलरको पुरस्कार प्राप्त गरे।
थोरै कोड परिवर्तन गर्दा पनि प्रयोगकर्ताहरूले इन्स्टाग्राममा लेखेका अक्षरहरूलाई हटाउन मिल्ने त्रुटि जानीले पत्ता लगाएका थिए ।इन्स्टाग्राममा यस्तो त्रुटि फेला पारेपछि जानीले आफ्नो खोजको बारेमा ईमेल मार्फत फेसबुकलाई जानकारी दिए। आफ्नो खोजलाई प्रमाणीत गर्न उनले कम्पनीकै टेस्ट अकाउण्टबाट एउटा कमेण्ट हटाएर पनि देखाएका थिए।

 

“फेब्रुअरीको अन्तिम हप्तामा त्रुटि सच्याइयो”, फेसबुकका प्रवक्ताले भने “त्यसपछि मार्च मा फेसबुकले त्रुटि सच्याएको भन्दै जानीलाई खबर गर्यो र पुरस्कार प्रदान गर्यो।”
“मैले जोकोहीलाई पनि इन्स्टाग्रामबाट हटाउन सक्थेँ, जस्टिन बीबरलाई पनि” अन्तर्वार्ताको क्रममा जानीले भने।
फेसबुकले दिएको रकमले नयाँ साइकल, फुटबलका सामग्री र नयाँ कम्प्यूटर लिने जानीको योजना छ। फेसबुक एकाउन्ट खोल्न मिल्ने उमेर भन्दा निक्कै साना जानी फेसबुकको ‘बग बाउण्टी प्रोग्राम’ (Bug Bounty Program)  बाट पुरस्कार पाउने सबैभन्दा कान्छो व्यक्ति भएका छन् । यस अघि १३ वर्षिय बालक पनि पुरस्कृत भएका थिए ।

फेसबुकमा भएका त्रुटिलाई पत्ता लगाएर जानकारी दिनेहरूलाई फेसबुकको ‘बग बाउण्टी प्रोग्राम’ले पुरस्कार दिँदै आएको छ। फेसबुकले यस्ता अनलाइन सुरक्षा त्रुटी पत्ता लगाइदिनेे मानिसहरुलाई बग बाउन्टी नामक पुरस्कार दिने गरेको छ । सन् २०११ बग बाउन्टी अन्तरगतर उसले ४३ लाख डलर बाँडिसकेको छ ।

प्रकाशित मिति: २०७३ वैशाख २३ गते १३:५८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी