हातमा १५ र खुट्टामा १६ वटा औँला भएको बच्चा

12एजेन्सी । चीनको मध्यप्रान्तमा बसोबास गर्दै आइरहेका एक दम्पत्तीको परिवारमा हात र खुट्टाको गरी कुल ३१ वटा औँला भएको बच्चा जन्मिएको छ। यस्तो बच्चा जन्मिएपछि त्यस दम्पत्तीलाई आफ्नो बच्चाको उपचारको लागि पैसा जुटाउन धौधौ परेको छ।

होङहोङ नाम पाएका उक्त ३ महिने बालकको हातमा १५ वटा औँलाहरू छन् भने खुट्टामा १६ वटा औँलाहरू चन्। अचम्म लाग्दो कुरा त, उसको दुवै हातमा दुई-दुईवटा हत्केलाहरू छन्।

हुनान प्रान्तको स्थानीय हस्पिटलका चिकित्सकहरूले सर्जरी गर्न एकदमै महङ्गोको साथै गाह्रो हुने बताएपछि उक्त दम्पत्तीले उचित उपचारको लागि सहयोग खोज्दै हिँडेका छन्।

होङहोङलाई एकदमै दुर्लभ विकार ‘पोलिड्याक्टाइली’ (Polydactyly) भएको चिकित्सकहरू बताउँछन्। यो यस्तो चिकित्सकीय अवस्था हो, जसको कारण नवजात शिशुहरूले जन्मिँदै देखि अतिरिक्त औँलाहरू लिएर जन्मिन्छन् । यस्तो १००० जनामा केवल १ जनालाई मात्रै हुने चिकित्सकहरूको भनाई छ । तर यत्ति धेरै औँला भएको बच्चा भने पहिलो पटक जन्मिएको चिकित्सकहरू बताउँछन्।

11

होङहोङकी आमालाई पनि यस्तै विकार भएको र उसको हात र खुट्टामा पनि अतिरिक्त औँलाहरू भएको उनी बताउँछिन्। आफ्नो बच्चामा पनि आफ्नो जस्तै समस्या सर्छ कि भन्ने चिन्ताले उनले नियमित जाँच गरेको बताइन्। गर्भवती हुँदा गरेको जाँचमा यस्तो विकारको कुनै सङ्केत देखिएको थिएन। “कैयौँ जाँच गर्दा पनि त्यस्तो विकार देखिएको थिएन” उनले बताइन् ।

प्रकाशित मिति: २०७३ वैशाख २३ गते १४:०६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी