भुँडी घटाउने सजिला तरिका

जौको परिकार
जौको परिकार विशेषगरी ढिंडोलाई ब्रेकफास्टको रुपमा लिनुहोस् । जौमा पाइने फाइभर भुँडी घटाउने प्रभावकारी माध्यम हो । दैनिक रुपमा १० ग्राम जौको परिकार खाँदा पाँच वर्षमा ४ प्रतिशतले भँुडी घटेको नर्थ क्यारोलिनाको वेक फरेस्ट युनिर्भसिटीले गरेको एक अध्ययनले सुझाब दिएको छ । दैनिक २५ देखि ३० ग्राम फाइबर भँुडी घटाउन लाभदायी मानिन्छ ।

ग्रीन टी
ग्रीन टीको बारम्बार चुस्की लिनुहोस् । दैनिक व्यायाम गर्ने र दुई कप भन्दा बढी ग्रीन टी पिउने मानिसको भुँडि व्यायाम नगर्ने र यस्तो चिया नपिउने मानिसहरुको तुलनामा ६ गुना बढी घटेको एक अध्ययनका सहभागीले बताएका थिए । ग्रीन टीमा पाइने क्याटेचिन नाम गरेको पदार्थले पेटमा हुने चिल्लोपन वा बोसोलाई पगाल्न प्रभावकारी भूमिका खेल्ने अनुसन्धानकर्ताहरुले बारम्बार बताउँदै आएका छन् ।

बीउ बिजन र एसिडयुक्त फल र भोजन
बदाम र जैतुनमा लगायतका फलमा पाइने मोनाउनस्याचुरेटेट फ्याटी एसिड, माछा र भटमासको तेलमा पाइने पोलियनस्याचुरेटेड फ्याटी एसिडले तपाईँलाई पातलो र दुब्लो बनाउन सहयोग गर्छ । तसर्थ यी खानेकुरा पनि खाने की ?

पानीयुक्त फलफुल र सलाद
स्वस्थ रहन फलफुल नियमित खानुपर्छ । तर, मोटो मानिसले फलफूल खाँदा अलि विशेष ध्यान पु¥याउनुपर्छ । पानीयुक्त फलफुल जस्तै काँक्रो, खरबुजा, तरबुजा, स्याउ खानुहोस् । गाँजर, मुला, कागती सलादका रुपमा खानुहोस् ।

छिटो छिटो हिड्नुहोस्
बिहान उठ्ने वित्तिकै नियमित छिटो–छिटो हिड्नुहोस् । बिहानै सातामा तीन पटक आधा घन्टा छिटो–छिटो हिड्ने र दुई पटक सामान्य हिड्ने महिलाहरुको भुँडि यस्तो अभ्यास नगर्नेको तुलनामा ६ गुणा घटेको भर्जिनिया विश्व विद्यालयका अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेको एक अध्ययनमा उल्लेख छ । तसर्थ, तीब्र हिडाई पेट घटाउने एउटा प्रभावकारी माध्यम हो ।

प्रशस्त योगहर्ट खानुहोस्
डेरीका सबै उत्पादनले तपाईँलाई मोटो बनाउदैन् । डेरीका कतिपय उत्पादनले मांशपेशी बृद्धि गर्नुका साथै तपार्इँलाई कम मोटो बनाउन सहयोग गर्छ । हालैको एक अध्ययन अनुसार हरेक खानासँगै ६ औंस चिल्लो काडेको योगहर्ट खाने मानिसको भुँडि क्यालोरी घटाउने मानिसहरुको तुलनामा ८१ प्रतिशत घटेको छ । क्याल्सियम बढाउँदा चिल्लो भण्डारण गर्ने कालसिट्रिअल नाम गरेको हर्मनलाई नियन्त्रण गर्छ ।

विश्राम लिनुहोस्
डिनरअघि दिनभरको तनाव अन्तय गर्न पाँच मिनेट समय छुट्टाउनुहोस् । दिउसोभर काम गरेका तपाईँका व्याबसायिक उपकरण सामग्री टाढै राख्नुहोस् । खाटमा एकछिन ज्यान तन्काउनुहोस् । सम्भव भए केही मिनेट ध्यान गर्नुहोस् । प्रशन्न मुद्रामा डिनर लिनुहोस् । निश्चिता खानेहरुको तुलनामा खाँदा तनाब लिनेहरुले इन्सुलिनको तह उच्च भई तौल बढेको एक अध्ययनले देखाएको छ । तसर्थ डिनरको समयमा शान्त र आनन्द मनले खानुहोस । खुसी भएर खाँदा थोरै खानाले पनि भोक हराउँछ । तपाईँलाई थोरै खाने आदत समेत बस्छ ।

चिल्लोयुक्त खानेकुरा नखानुहोस्
बढी चिल्लोयुक्त वा तेलमा तारेको खानेकुरा कम खानुहोस् । माछामासु र अण्डा खाँदा होस् पु¥याउनुहोस् । बढी बोसो र क्यालोरियुक्त खानेकुरा नखानुहोस् । सम्भव भएसम्म बोइल गरेका चिजहरु खाने गर्नुहोस् । गुलियो कम खानुहोस वा खाँदै नखानुहोस् ।

हवात्तै खाना नघटाउनुहोस्
भुँडि बढ्यो भनेर हवात्तै खाना नघटाउनुहोस् । घटाउनै परे पनि थोरै–थोरै गरेर घटाउनुहोस् । एकचोटी खाना घटाउँदा शरिरको रक्तचाप कम हुनुका साथै कमजोर हुने खतरा हुन्छ । बरु सम्भव भएसम्म पेट घटाउनकै लागि विभिन्न आसनमा योगा र ध्यान गर्नुहोस् । जिम, पुस अप लगायतका व्याययम गर्ने हो भने तपाईँको पेटको आकार १० दिनबाटै घट्छ । अल्छिपना, ओछ्यानमा लडिरहने, बढी आराम गर्न खोज्ने मानिसको भुडि बढ्छ । तसर्थ आजैबाट छरितो बन्नुहोस, जीवनलाई सक्रीय बनाउनुहोस, बिहान उठेर एकछिन व्यायम गर्नुहोस् ।

खाने बित्तिकै नसुत्नुहोस्
कम सुत्नुहोस । खान खाने बित्तिकै सुत्ने आदत छ भने आजैदेखि त्याग्नुहोस्। पछिल्लो एक अध्ययन अनुसार खाना खाएर सुत्ने मानिसको पेट अन्यको तुलनामा तीन गुनाले बढ्ने गरेको छ । लन्च वा डिनर दुबै गरेपछि तत्काल बेडमा भूलेर पनि नपल्टिनुहोस । खाना खानेबित्तिकै थचक्क बसेर आराम गर्नुहोस । खाना खानेबित्तिकै सुत्नु भनेको अर्को रोग निम्त्याउनु हो ।

नियमित खानुहोस्
मानिसले थोरै–थोरै खाने तर नियमित खानुपर्छ । ऊँटले चार–पाँच दिनका लागि खाएझँै तपाईँले पनि बिहान खाएपछि रातीसम्मलाई पुग्ने गरी नखानुहोस् । बरु थोरै खानुहोस् तर बारम्बार खानुहोस् । एकैचोटी धेरै खाने आदतले पनि पेट बढ्छ ।

कागती पानी
विहान उठ्ने वित्तिकै खाली पेटमा मन तातो पानी कागती मिसाएर खानुहोस् । कागतीमा पाइने एसिडले भुडिको बोसो पगाल्न वा क्यालोरी जलाउन सहयोग गर्छ । पानी बारम्बार खाइरहनुहोस् । पानीलाई सहि रुपमा पिएमा पनि भुडि नियन्त्रणमा प्रभावकारी हुन्छ -स्वास्थ्य खबरपत्रिका

– See more at: http://www.nepalese.org/article/2016/05/04/54181/#sthash.9dUt2nZV.dpuf

प्रकाशित मिति: २०७३ वैशाख २३ गते १५:३९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी