हप्तामा २ दिन मात्र सरकारी कार्यालय खुल्ने

दुनियामा एउटा यस्तो देश पनि छ जहाँ हप्तामा केवल २ दिनमात्रै सरकारी कार्यालय खुल्दछन् र अरु पाँच दिन सरकारी कार्यालयमा विदा हुन्छ ।

दक्षिण अमेरिकी देश भेनेजुयलाले हप्तामा पाँच दिन सार्वजनिक विदा घोषणा गरेको छ ।

यद्यपि यस्तो कदम खुसीले उठाइएको भने होइन, बाध्यताले हो । खासमा विद्युत संकटका कारण भेनेजुयला सरकारले यस्तो कदम उठाएको हो ।

भेनेजुयलामा विद्युत संकट निकै गम्भीर बनेको छ । सोही कारण गत बुधबारदेखि सरकारले हप्तामा २ दिन मात्र सरकारी कार्यालय खुल्ने घोषणा गरेको हो ।

उपराष्ट्रपति एरिस्तोबुलो इस्तुरिजले बुधबार टेलिभिजनमार्फत यो घोषणा गरेका हुन् । विजुली संकटको समाधान नहुँदासम्म अबदेखि सोमबार र मंगलबार मात्र कार्यालय खुल्ने उनले बताए । सरकारी कर्मचारीहरु पनि दुइ दिन बाहेक अन्य दिन अफिसमा जानुपर्ने छैन । निकै महत्वपूर्ण काम परेमा मात्र  बुधबार, बिहिबार तथा शुक्रबार कार्यालय जान सकिनेछ ।

स्मरण रहोस् विजुली बचाउन भन्दै अप्रिल र मे महिनाका लागि यसअघि नै २८ लाख सरकारी कर्मचारीलाई शुक्रबारको अतिरिक्त सार्वजनिक विदा दिइसकिएको थियो ।

भेनेजुयला अहिले ठूलो खडेरीको चपेटामा परेको छ र त्यहाँका जलविद्युतका बाँधहरुमा पानीको सतह निकै घटेको छ जसका कारण विद्युत उत्पादन भारी रुपमा घटेको छ ।

प्रकाशित मिति: २०७३ वैशाख २३ गते १७:२२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी