एकैपटक पाँच शिशु जन्माउने आमाले सार्वजनिक गरिन तस्विर

woman_birth_photoshoot_1_एजेन्सी / एकै पटक पाँचवटा शिशुको जन्म दिने एक अष्ट्रेलियाली महिलाले आफ्ना सन्तानको फोटो सार्वजनिक गरेकी छिन् ।  पर्थ सहरकी किम टुसीले हालसालै जन्माएका आफ्ना  चार छोरी र एक छोराको तस्विर सार्वजनिक गरेकी हुन् ।

५० चिकित्सक र नर्सहरुको एउटा समूहले शल्यक्रिया गरी उनको पेटभित्रको शिशुहरु निकालेका थिए । प्राकृतिक रुपमा पाँच बच्चाको गर्भ रहनु निकै दुर्लभ घटना हो । साढे पाँच करोडमध्ये एक जनामा यस्तो गर्भ रहन्छ ।

किमको उमेर २६ वर्ष रहेको छ । किम र उनका पति वौघनका यस अघि ९ वर्षका एक छोरा, ४ र २ वर्षका छोरी  छन् ।

उनको फेसबुक पेज सरप्राइड् वाई फाइभमा आफ्नो गर्भावस्थादेखिका विवरण उल्लेख गरिएको छ ।

टुसीको गर्भधारणबारे बृत्तचित्र बनाएका एक फोटोग्राफर इरिन एलिजाबेथे पाँचैवटै बच्चाको तस्विरलाई सुन्दर ढंगले खिचेका छन् । ‘५० औला, ५० बुढीऔला र ६ ओटा मुटुका घड्कन एकैपटक । पाँच बच्चालाई सुरक्षित रुपले संसार देखाउन मेरो शरिरले ठूलो युद्ध नै लड्यो,’ फेसबुक पेजमा सन्तानको तस्बिरबारे उनले लेखेकी छिन् ।

उनी यसअघि गर्भवती भएकोबेला फोटोसुट गरेर पनि चर्चामा आईसकेकी छन् ।

twin-2-1woman_birth_photoshoot_4_

 

प्रकाशित मिति: २०७३ वैशाख २९ गते १३:०७ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी