विमल घर्तीमगर आज बेल्जियम जाँदै

काठमाडौं, २९ बैसाख । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीमगर बुधबार उपचारका लागि बेल्जियम जाँदैछन्।

भारतमा सम्पन्न बाह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सविरुद्धको खेलमा घाइते भएका विमल उपचारका लागि बेल्जियम जान लागेका हुन्।

Bimal

बेल्जियममा रहँदा विमलले आफ्ना एजेन्ट लुइस डे भरिइसलाई भेट्ने छन्। युरोपियन फुटबलको यो सिजन सकिएकाले आगामी सिजनका लागि केही क्लबसँग युरोप बसाइँका क्रममा छलफल गर्ने उनले बताए।

घुँडाको उपचारका लागि आफू बेल्जियम जान लागेको भन्दै विमलले २० दिनको युरोप बसाइँका क्रममा ट्रेनिङका साथै आगामी सिजनका लागि त्यहाँको क्लबमा आबद्ध हुने सम्भावनाका बारेमा आफ्ना एजेन्टको सहयोगमा विभिन्न क्लबसँग छलफल गर्ने बताएका छन् । विमल आज साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति: २०७३ वैशाख २९ गते १६:१९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी