८ घण्टा भन्दा धेरै सुत्नु घातक

हालै भएको एक अनुसनधानले धेरै समयसम्म सुत्ने बानीले मान्छेको आँखाको ज्योति गुम्न सक्ने खतरा उत्पन्न हुने देखाएको छ । लामो समयसम्म सुतिरहने बानीले मानिसलाई दृष्टिवीहिन बनाउन सक्ने शोधकर्ताहरु बताउँछन् ।

अमेरिकाको क्यालिफोर्नियाका शोधकर्ताहरुका अनुसार हरेक दिन ८ घण्टाभन्दा बढि सुत्नु आँखाका लागि घातक हुन्छ । ८ घण्टा भन्दा बढि सुत्नाले आँखाको म्याकुला भन्ने भागमा असर पर्दछ ।

जसले दृष्टि गुम्ने जोखिम हुन्छ । यसले हाम्रो मस्तिष्कको गतिविधिमा पनि असर पार्दछ । म्याकुलाकै कारणले हाम्रो आँखाले अति साना चिज पनि देख्न सम्भव भएको हुन्छ । तर यदि यो भागमा असर पर्यो भने मानिसको दृष्टि धमिलो बन्दै जान्छ ।

अझ सुतेको बेलामा आँखामाथि सिरानी वा अरु कुनै चिजले थिच्ने बानी झनै घातक हुने देखिएको छ । यसले आँखाको ज्योतिलाई निकै नराम्रो असर पार्दछ ।

प्रकाशित मिति: २०७३ जेठ २८ गते १२:५१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी