अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

messiअर्जेन्टिनाका कप्तान लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका छन्।
सोमबार बिहान भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित भएपछि मेसीले अप्रत्यासित रूपमा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।
चिलीविरुद्धको खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका हुन्।
आँखाभरि आँशु झारेका मेसीले अर्जेन्टिनी टेलिभिजनसँग कुराकानी गर्दै आफूले राष्ट्रिय टिमबाट लिएको सन्यायको निर्णयबारे बयान गर्दै भने, ‘इट्स अल ओभर, अर्जेन्टिनाका लागि मेरो करिअर यतिमै सकियो ।’ उनले थपे, ‘यो क्षण अत्यन्तै दुःखद छ ।’
यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चिलीविरुद्धको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेपछि मेसी मैदानमै रोएका थिए।
२९ वर्षीय मेसीले राष्ट्रिय टोलीबाट ११२ खेल खेलेका छन्। मेसीले सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए।
मेसीको कप्तानीमा पछिल्लो तीन वर्षमा अर्जेन्टिना दुई पटक कोपा अमेरिकाको फाइनलमा र विश्वकप फुटबलको फाइनलमा पराजित भएको थियो।
गत संस्करणको कोपा अमेरिका फुटबलमा चिलीसँगै पेनाल्टी सुटआउटमा पराजित भएको अर्जेन्टिना सन् २०१४ को विश्वकप फुटबलको फाइनलमा जर्मनीसँग पराजित भएको थियो।
ल्गातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिका फुटबलको फाइनलमा पुगेको अर्जेन्टिना सोमबार चिलीसँगै दोस्रो पटक पेनाल्टी सुटआउटमै पराजित हुँदै उपाधि जित्न असफल भयो।
प्रकाशित मिति: २०७३ असार १३ गते ११:४६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी