पिपुल च्वाइस अवार्डको मनोनयनमा नवयुग, सन्दिप सहित ५ खेलाडी

nawayougकाठमाडौं, १७ असार । एनएसजेएफ पल्सर स्पोट्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका सन्दिप लामिछासहित ५ जना परेका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको पल्सर स्पोट्स अवार्ड साउन ६ गते हुँदैछ ।

पिपुल च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक गरिएको हो । यसअघि यो अवार्डको नाम पपुलर अवार्ड थियो ।

पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलर नवयुग श्रेष्ठ, क्रिकेटर सन्दिप लामिछानेसँगै भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र भलिबलकी प्रतिभा माली परेकी छन् ।

२०७२ सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ । एमएसएम भोटिङको आधारमा साउन ६ गते नै विजेता छनौट गरिनेछ ।

मनपर्ने खेलाडीलार्इ नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमकाे सिमबाट अाजदेखि अागामी साउन ५ गते राति १२ बजेसम्म भोट गर्न सकिने मञ्चले जानकारी दिएको छ ।

नेपालले बंगबन्धु र साग फुटबलमा स्वर्ण जित्दा नवयुग नेपाली टोलीका मुख्य स्ट्राइकर थिए । सन्दिप नेपालका युवा क्रिकेटर हुन् । यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा डेब्यू गरेका उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राम्रो प्रदर्शन गरे ।

कार्यक्रममा आफूलाई मन पर्ने खेलाडीलाई ३११३१ मा एसएमएस गरेर भोट दिन सकिने मञ्चले जनाएको छ।

नवयुगलाई भोट दिन pulsar NY लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ।

सन्दिपलाई भोट दिन pulsar SL लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ।

तारादेवीलाई भोट दिन pulsar TP लेखेर ३११३१ मा एसएमएस गर्नुपर्ने छ।

नवितालाई भोट दिन pulsar NS लेखेर ३११३१ मा एसएमएस गर्नुपर्ने छ।

र प्रतिभालाई भोट दिन pulsar PM लेखेर ३११३१ एसएमएस गर्नु पर्नेछ।

प्रकाशित मिति: २०७३ असार १७ गते १७:५६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी