वेल्स पहिलो पटक युरोकप फुटबलको सेमिफाइनलमा

walesबेल्जियमलाई पन्छाउँदै वेल्स युरोकप २०१६ को सेमिफाइनल चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा फिफा बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई ३–१ गोल अन्तरले पराजित गर्दै युरोकप फुटबलको सेमिफाइनलमा पहिलो पटक स्थान बनाउन सफल भएको हो।
बेल्जियमलाई हराएको वेल्स ५८ वर्षपछि पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

१९५८ मा विश्श्वकपको क्वार्टरफाइनल खेलेको वेल्सका लागि कुनै पनि ठूलो प्रतियागिताको मा यो नै ठूलो उपलब्धि हो ।

लिलेमा भएको खेलमा बेल्जियमले राम्रो सुरुवात गरेको थियो । र, १३ औं मिनेटमा नै राड्जा नारिनगोलान्डको गोलबाट अग्रता लिएको थियो ।

तर, यो खेललाई निरन्तरता दिन सकेन । ३० औं मिनेटमा वेल्सका कप्तान एश्ले विलियम्सले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफमा वेल्स हाबी भयो र थप दुई गोल गर्न सफल भयो।

खेलको ५५ औँ मिनेटमा रोब्सन कानुले गोल गर्दै वेल्सलाई २–१ को अग्रता दिलाए। यस्तै खेलको ८५ औं मिनेटमा भोक्सले गोल गर्दै बेल्सलाई ३–१ को जित दिलाए।
वेल्सले अब फाइनल प्रवेशका लागि पोर्चुगलको सामना गर्नेछ।
प्रकाशित मिति: २०७३ असार १८ गते १०:०१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी