स्मार्टफोनसँग बिहे ! (भिडियो सहित)

phone marriage एक जना मानिसले मोबाइल फोनसँग बिहे गरेर सबैलाई आश्चर्य चकित बनाएका छन् ।

घटना अमेरिकाको हो । लस भेगासका एरोन चेर्वेनाक नाम गरेका ती युवकले आफ्नो स्मार्टफोन प्रेमलाई नयाँ उचाइँ दिँदै उसैसँग बिहे गरेका हुन् ।

स्मार्टफोनसँग बिहे गर्दा ति युवकले अन्य विवाहमा झैँ औपचारिक समारोह नै आयोजना गरे । समारोहमा बेहुलो एरोन दुलाहाको औपचारिक पोसाकमा सजिएका थिए भने दुलही स्मार्टफोन भने सुन्दर डिब्बाभित्र राखिएको थियो ।

लिटिल भेगास च्यापलका पादरीले चेर्वेनाकको विवाह गराइदिए । विवाह गर्ने बेला पादरीले एरोनलाई सोधे, के तिमी यो स्मार्टफोनलाई कानूनी तरिकाबाट पत्नी मान्दछौ ? के तिमी यसलाई प्रेम, सम्मान गर्दछौ । यसलाई सजिलोसँग राख्नुका साथै यसप्रति निष्ठावान रहन्छौ ? जवाफमा एरोनले भने, हो, म त्यसै गर्छु ।

phone marriage 1

द लिटिल लस भेगान च्यापलका मालिक माइकल केलीले सुरुमा त आफुलाई यस्तो के हो भन्ने लागेको तर पछि भने यो मान्छेले ठिक गर्दैछ भन्ने सोँचेको बताए ।

केलीका अनसार कलाकार तथा निर्देशक समेत रहेका चेर्वेनाकले स्माटफोनसँग विवाह गरी समाजलाई  एउटा सन्देश दिएका छन् । उनका अनुसार मानिसहरु फोनसँग यति नजिक तथा आत्मीय भैसकेका छन् की उनीहरुको फोनसँगको सम्बन्ध बैवाहिक सम्बन्ध जतिकै छ ।

प्रकाशित मिति: २०७३ असार १८ गते १०:४६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी