सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल हुने

सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ।  सातौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बिहीबार सातदोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

यसअघि ३५ खेल समावेश गर्ने भनिएको थियो।  शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए। यस पटकदेखि एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका विधामा प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, बैठकले सातौँ खेलकुदका लागि खेलाडी दर्ता यही साउन २५ देखि आगामी भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मङ्सिर ३ गतेलाई ताकेको छ।

गत आइतबार सम्पन्न राखेपको १०६ औँ बोर्ड बैठकले सातौँ राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो। बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौँ राष्ट्रिय खेलकुद स्थगन भएको थियो।

प्रकाशित मिति: २०७३ साउन १० गते ११:३२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी