नेपालले नेदरल्याण्डसमा अभ्यास खेल खेल्दै

nrn netherland suport gameकाठमाण्डौं, २७ साउन । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत दुई वटा खेल खेल्न नेदरल्याण्डस्मा रहेको नेपाली टोलीले आजबाट तयारी सुरु गर्दैछ । प्रतियोगिताको तयारी स्वरुप नेपालले आज स्थानीय  लिष्ट ए क्लबसँग एउटा वन डे म्याच खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।

बेलायत भ्रमणका अधिकांश खेलाडि सहित नेदरल्याण्डस् पुगेको नेपाली टोलीका खेलाडि उच्च फर्ममा छन् । बेलायतमा भएका सवै अभ्यास खेलमा जित निकालेको टोली नेदरल्याण्डस् यात्रा समेत यादगार बनाउने दाउमा छ ।    लिग च्याम्पियनसीप अन्तरगत नेपालले आगामी शनिवार र सोमवार नेदरल्याण्डस् बिरुद्ध दुई खेल खेल्दैछ ।

८ टीम सहभागी च्याम्पियनसीपमा नेपालले ६ खेलबाट ४ अंक जोडेको छ । उत्कृष्ट चार भित्र पर्न सफल टोली आगामी २०१९ मा हुने वल्र्ड कप क्रिकेटको छनौट खेलका लागि चयन हुने भएकाले सम्भावना जिवितै राख्न नेपाललाई नेदरल्याण्डस् बिरुद्ध समेत जित आवश्यक छ ।

प्रकाशित मिति: २०७३ साउन २७ गते ११:३४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी