नेपाल जितको नजिक

paras with Netherlandपछिल्लो अपडेट अनुसार २८.३ मा रुलेफ भान बाहिरिएको छन् । यतिबेला नेदरल्याण्डले १०३ रन बनाएको छ । लामो समयसम्म टिक्न सफल भएका भानलाई नेपाली बलर सन्दीप लामीछानेले आउट गरेका छन् । भान एक्लैले ५६ रन बनाएका थिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्ससामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनायो ।

नेपालले ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरे ।

खड्का ८४ रनमा आउट भए । पुनले ४५ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २(२ विकेट लिएका छन् ।

प्रकाशित मिति: २०७३ साउन ३१ गते २०:१८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी