नेपालको शानदार जित

paras with Netherlandनेपाल र नेदरल्याण्डबीच भरखरै सम्पन्न आईसिसि बिश्व क्रिकेट लिग च्याम्पेन्सिपमा नेपालले १९ रनले शानदार बिजय हाँसिल गरेको छ । यस च्याम्पेन्सिप अन्तरगत नेपालको यो आठौं खेल हो । हालसम्म नेपालले ६ अंक प्राप्त गरी छैटौं स्थानमा रहेको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्ससामू २१८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

२१८ रन विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४८.३ ओभरमा सबै विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २१७ रन बनाएको थियो । पारस खडकाले ८४ रनको उत्कृष्ट ब्याटिङ गरेका थिए ।

नेपालले ६५ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, पारस खड्का र सागर पुनले नेपाली पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको साझेदारी गरे ।

खड्का ८४ रनमा आउट भए भने पुनले ४५ रन बनाए । यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २९२ विकेट लिएका छन् ।

प्रकाशित मिति: २०७३ साउन ३१ गते २२:१७ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी