अपूरो प्रवासीको ‘भाग्य र कर्म’ चर्चामा

Raju chetri laghu bimochanनेपाल आवाज, ६ भाद्र । प्रवासीका भोगाईहरुलाई संक्षिप्त र सरल बिधा लघु कथाबाट सन्देश र मनोरन्जन दिन सफल साहित्यकार राजु क्षत्री ‘अपुरो’को दोस्रो लघुकथा संग्रह ‘भाग्य र कर्म’ देश र विदेशबाट बिमोचित भएको छ । बिमोचित कृतिको चर्चा र छलफल पनि डायस्पोरा र राष्ट्रिय साहित्यिक मंञ्चमा शुरु भएको छ ।
12345सर्जक अपूरो यतिबेला मलेसियामा बैदेशीक रोजगारीमै छन् । उनीबिनै गाउँ लाहचोक कास्कीमा लाहचोक साहित्यिक सदनको आयोजनामा पोखरेली साहित्यकारहरुले बिमोचन गरे । पृथ्वी नारायण क्याम्पस, पोखराका नेपाली विभागका विभागिय प्रमुख कृष्णप्रसाद पौडेलले उक्त कृतिको लोकार्पण गरका थिए ।
भाद्र ४ गते लाहचोक पुगेका प्रमुख अतिथि पौडेलले नेपाली वाङ्मयको क्षेत्रमा राजु क्षत्री ‘अपूरो’को उपस्थिति द्रविलो बन्दै गएको बताए । पौडेलले साहित्य साधनामा सोचेजस्तो काम गर्न गाह्रो छ त्यसैले जति कार्य भएका छन् ती स्तुत्य रहेको बताउँदै लाहाचोकको पहिचान जोगाउन लागेकाहरूलाई प्रोत्साहन र प्रेरणा आवश्यक पर्ने बताए । कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले उनका कथाहरू पहिलाका भन्दा परिस्कृत भएको भन्दै वर्तमान समाजको विद्रुपता, विकृति र विसङ्गतिलाई अपुरोका लघुकथाले सपाट प्रस्तुत गर्न सफल भएको बताए।
Raju chetri laghukathaकार्यक्रममा सिर्जना साहित्य सदनका सचिव सूर्यप्रसाद लम्साल, लघुकथाकार कल्याण पन्त, समाजसेवी जगन्नाथ अधिकारी, अर्जुन अधिकारी र मनिता कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लोक गायक गायिका चन्द्रा कार्की, तुलसा जिसी, परशुराम अधिकारी, प्रतिक परियार, त्रिवेणी कलाकालका समूह र स्थानिय कलाकारले विभिन्न साङ्गीतिक प्रस्तुति राखेका थिए । लाहाचोक साहित्य सदनका अध्यक्ष लीलाधर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गरेकी थिइन् ।
Laghu kathaत्यसै गरी भाद्र ५ गते सर्जकको कर्मथलो मलेसियाको राजधानी क्वालालाम्पुरमा प्रवासी साहित्यकारहरुमाझ  भाग्य र कर्मको अलगै बिमोचन भयो । श्रमिकहरुको पीडा तथा र नेपाली समाजको विकृति विसङगतिलाई पुस्ककमा समावेश गरिएको कथाकारले बताए ।
लघुकथा समाज मलेसियाको आयोजना र विश्व साहित्य महासंघ मलेसियाको सहआयोजनामा विमोचन  कार्यक्रमको आयोजना गरिएको थियो ।
लघुकथा समाज मलेशियाका संयोजक जीवन देवान गाउले, विश्व नेपाली साहित्य समाजका केन्द्रीय सदस्य दिलिप सगर राई, साहित्यकारहरू सिरुखर्के जेठा, सन्दिप सङ्ग्रौला ‘दिनदुःखी’ पत्रकार कोपिला गौतम, अर्जुन काफ्ले,मगर संघ मलेसियाका महासचिव दिपक सुनाखरी र पुस्तक प्रकाशन सहयोगी पदम जिसी लगायतले पुस्तकको बारेमा चर्चा गरेका थिए ।
कृतिमा आभार प्रकट गर्दै डा. रबिन्द्र समीर लेख्नु हुन्छ, “अनुभूत हुन्छ ! काल्पनिकता न्यून र वास्तविकता अधिक भएका यो संग्रहका लघुकथाहरु ब्यबहारबादी बन्न सफल भएका छन् !”

प्रकाशित मिति: २०७३ भदौ ६ गते २२:०६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी