जापानमा शक्तिशाली आँधी

जापान, ७ भदौ । जापानमा शक्तिशाली आँधी आएको छ। १२६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले राजधानी सहर टोकियो आइपुग्दा एक व्यक्तिको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

कानागावामा एक ५८ वर्षीय प्रहरी अधिकारी बाढीमा बगेको र उद्धारपछि अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको जनाइएको छ।

ग्रेटर टोकियो क्षेत्रका हजारौँ मानिसलाई सुरक्षाका कारण घर छोड्न सुझाव दिइएको छ। होक्काइडोमा आँधीका कारण बाढी, पहिरो र डुबानको चेतावनी दिइएको छ।
आँधीका कारण जापानका विभिन्न एयरलाइन्सका ५ सयभन्दा बढी उडान रद्ध गरिएका छन्।

‘मिन्दल’ नामक सो आँधी उत्तरतिर बढिरहेको छ। एजेन्सी

प्रकाशित मिति: २०७३ भदौ ७ गते १५:२० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी