इटालीमा ६.२ रेक्टर स्केलको भूकम्प

Earthquake काठमाडौं, ८ भदौ ।  इटालीको दक्षिण–पश्चिममास्थित पेरुगियालाई केन्द्रविन्दु बनाएर त्यहाँ ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय : बिहान ३ बजेर ३६ मिनेट) जाँदा भूकम्प गएको हो।

भूकम्पका कारण मध्य इटालीमा घरहरु भत्किएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इटालीको अमाट्रिसे शहरका मेयरका अनुसार शहरको आधी भाग पूर्णरुपमा ध्वस्त भएको छ । अधिकारीहरुका अनुसार प्रारम्भिक रुपमा ६ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ भने धेरैजना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

यस्तै इटालीकाे केन्द्रमा रहेकाे अकुमाेली शहरमा पनि थुप्रै घरहरु भत्किएकाे बताइएकाे छ ।

इटालीको राजधानी रोममा भूकम्पका कारण केही भवनहरु २० सेकेन्डसम्म हल्लिएको ला रिब्पिलिका पत्रिकाले बताएको छ ।

थप जानकारी भने अाउने क्रम जारी छ ।

इटालीमा सन् २००९ मा गएको ६.३ रेक्टर स्केलको भूकम्पमा ३०० जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति: २०७३ भदौ ८ गते १२:३७ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी