नेपाली साहित्य विकासमा बिपीको योगदान

काठमाडौं । नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको विभिन्न राजनीतिज्ञ एवं साहित्यकारले बताएका छन् ।

bipi-koirala

बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा तथा निबन्ध विभाग र बिपी स्मृति ट्रस्टले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रममा वक्ताहरूले बिपी कोइराला राजनीतिमा समाजवादी र साहित्यमा अराजकतावादी भएको बताएका हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले व्यक्तिको स्वतन्त्रपूर्वक निर्णय गर्न पाउने अधिकार बिपीमा भएको बताउनुभयो । उप्रेतीले बिपीको राजनीति र साहित्यमा केही फरक नभएको स्पष्ट पारे ।
साहित्यका एवं राजनीतिज्ञ प्रदीप नेपालले बिपी कोइरालाले साहित्यमा जस्तो राजनीतिमा सक्रियता देखाएको भए मुलुक धेरै अगाडि बढ्ने बताए ।

बिपी स्मृति ट्रस्टका कावा अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको विचारलाई नेपाली कांग्रेसले अगाडि बढाउन नसकेको आरोप लगाए । उनले बिपी सधैँ राष्ट्र र जनताको पक्षमा रहेको बताए । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले बिपी कोइराला आधुनिक राजनीतिका चिन्तक भएको बताए ।

उनले भने, ‘साहित्यका लागि बिपीको जेलजीवन बरदान भएको छ, बिपी सायद जेलमा नबसेको भए उहाँको साहित्य कस्तो हुन्थ्यो भन्न सकिँदैन ।’ साहित्यकार धुव्रचन्द्र गौतमले बिपी नेपाली समाजको निर्माता भएको बताए । उनले मनोवैज्ञानिक धारालाई नेपाली साहित्यमा भित्र्याउन बिपी कोइरालाको ठूलो भूमिका रहेको उल्लेख गरे । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवम् साहित्यकार लेखनाथ न्यौपानेले बिपी कोइरालाको राजनीतिक र साहित्य एक सिक्काका दुई पाटा भएको बताए ।

कार्यक्रममा कांग्रेसका नेता बलदेव शर्मा मजगैँया, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरे, प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ डा ज्ञानु पाण्डे, राजनीतिक विश्लेषक डा नारायण चालिसे, ट्रस्टका सदस्य पुरुषोत्तम बस्नेत, युवा राजनीतिज्ञ गरिमा शाह, धर्मेन्द्र झालगायतले विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति र साहित्यको नक्षत्र भएको बताएका थिए ।

बिपी पुरस्कार ढुंगानालाई दिइने

विपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ लेखिका भुवन ढुंगानालाई दिइने भएको छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य बलदेव शर्मा मजगैँया, डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसहितको निर्णायक समितिले यस वर्षको साहित्यिक सम्मान ढुंगानालाई प्रदान गर्ने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।

यसैगरी यस वर्षको प्रजातन्त्र सेनानी सम्मान प्रजातान्त्रिक संघर्षका अथक योद्धा श्यामलाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय पनि गरेको छ । जसमा साहित्य सम्मान तथा पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सेनानी सम्मानको रकम २५ हजार रहेको छ । पुरस्कार तथा सम्मान आगामी भदौ २२ गते विपी कोइरालाको १०२ औँ जन्मजयन्तीका अवसरमा शंकर होटलमा प्रदान गरिने महासचिव पोखरेलले बताए ।

प्रकाशित मिति: २०७३ भदौ १६ गते ११:५६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी