अब सय ग्रामसम्म टुक्रा सुन ल्याउन पाइने

goldकाठमाण्डौं । अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ । एक केजीको टुक्रा मात्रै आयात गर्दा खरिद–बिक्रीमा समस्या भएको भन्दै सानो परिमाणका टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो ।

अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयात गर्न पाइने व्यवस्था थिएन । यस्तो व्यवस्था परिवर्तन गरेर १ सय, २ सय, ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयात गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए ।

सानो परिमाणको टुक्रा आयात अनुमतिका लागि राष्ट्र बैंकले वाणिज्य मन्त्रालयसँग सहमति मागेको छ । नेपालमा विदेशबाट सुन आयातको अनुमति राष्ट्र बैंकले दिनुपर्छ । वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् ।

वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यापारीहरूले खरिद गरेर सर्वसाधारणलाई बिक्री गर्ने गर्छन् । एक केजीभन्दा सानो परिमाणको सुनको टुक्रा आयात गर्न प्रतिबन्ध लगाइएकाले सानो कारोबार गर्नेलाई समस्या भएको गुनासो व्यापारीहरूले गर्दै आएका थिए । एकपटकमा कम्तीमा पनि एक केजी सुन खरिद गर्नैपर्ने बाध्यता रहेको र यसले बजारमा अवैध सुनको कारोबारलाई बढावा दिएको व्यापारीहरूको दाबी छ ।

एक केजीभन्दा सानो परिमाणको सुनको टुक्रा आयात गर्न २४ क्यारेटकै सुन हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । ‘एक केजीभन्दा सानो परिमाणको टुक्रा २४ क्यारेटको ४९ ग्रेडकै सुन हुनुपर्ने व्यवस्था हुन्छ, त्योभन्दा कम गुणस्तरको भने १ केजीकै टुक्रामा ल्याउनुपर्छ,’ कार्यकारी निर्देशक ढुंगानाले भने । सरकारले गत साउनदेखि विदेशबाट आउने नेपालीले काँचो सुन ल्याउन प्रतिबन्ध लगाएको थियो । सो समयभन्दा अगाडि एकजनाले ५० ग्रामसम्म काँचो सुन ल्याउन पाइने व्यवस्था थियो । गत साउनदेखि सो परिमाणको गहना ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २०७३ भदौ १९ गते १२:४९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी