तीजः एक संस्कृति कि बिकृती !

गैर आवासीय नेपाली चेलीको आँखामा धर्म, सँस्कृति र बिकृतिपूर्ण तीजको चिरफार

laxmi11

लक्ष्मी पोख्रेल

चार जात छत्तिस बर्ण, बहु भाषा, बहु संस्कृतिले चिनिने भौगोलिक हिसबाले धेरै सानो देश हाम्रो नेपालमा विश्वका अन्य देशहरुको तुलनामा धेरै चाडपर्वहरु मनाउने परम्परा छ । तिनैमध्ये हरेक वर्ष भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाईने एक चाड हो तीज पर्व । यो नेपाली हिन्दू नारीहरुको लागि एक विशेष महत्वको आस्था र विश्वास बोकेको चाड हो । जसलाई हरितालिका नामले पनि चिनिन्छ, जसलाई नेपालका विभिन्न स्थनमा बसोवास गर्ने महिलाहरुले आ—आफ्नो शैलीले मनउने गरेको पाईन्छ ।

चार दिनसम्म मनाईने यो पर्वको पहिलो दिन द्वितीया अथवा दरखाने दिन÷रात को नामले चिनिन्छ । यस दिन विवाहिता नारीलाई माइतीबाट बाबुआमा तथा दाजुभाइले घरमा बोलाएर उपहार दिनुका साथै मीठामीठा चौरासी व्यञ्जनका परिकार बनाई खासगरी मिठाई, खिर, सेलराटी, लट्टे, ढकनी, चाम्रे आदि इत्यादि खाने गरिन्थ्यो । सामाजिक परिवर्तन र आधुनिकताको साथसाथै यसमा खाईने परिकारमा पनिपरिवर्तन हुदै आएको छ । सामान्य अर्थमा र चलि आएको परम्परा अनुसार दर मध्यरात वा रातको बाह्रबजेसम्म खाईसक्नुपर्ने र त्यसपछि भोलिपल्ट तृतीयाका दिन दिनभरी  निराहार तथा पानी समेत नखाईकन ब्रतबस्ने परम्परा चल्दै आएको छ । समाज र श्रृष्टि चल्नको लागि महिलाहरु विवाह पश्चात आफ्नो श्रीमानका साथमा गई उसको घरमा बसी जीवन बिताउनु पर्छ ।

teej raiयसरी महिलाले आफू जन्मेको घर, समाज, आमाबाबु, भाइ बहिनी इष्टमित्र सबैलाई चटक्क छाडेर पराई घरमा आफ्नो जीवन बिताउँदाको पिडालाई केहि हदसम्म केहि दिनलाई कमगर्ने, मनका भावना तथा सुखदुःख साटासाट गरी एकै ठाउँमा बस्ने, खाने, पराई घरको विभिन्न जिम्मेवारी तनाव र माईतीको सम्झनाको खाल्डोलाई केहि हदसम्म कम गर्ने अवसको रुपमा यस पर्वको ठूलो महत्व रहेको छ ।

पौराणिक ग्रन्थ अनुसार राजा हिमालय र रानी मेनकाले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसंग गराईदिने बाचा दिएका थिए । जुनकुरा पार्वतीलाई मन नपरेपछि विष्णुसंग विवाह गर्न नपरोस् भनी आफूले मन पराएको बर÷पति पाउन आफ्ना साथी संगीहरुद्वारा हरण गरिएर जंगलमा पु¥याइएकी पार्वतीले शिवजीको घोर तपस्या गर्न लागिन् । तपस्या गरेको अधिक वर्षहरु हुदा पनि आफूले गरेको तपस्याको फल नपाउदा एकदिन उनीले समुद्रको किनारमा बालुवा मागी शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार ब्रत बसेकी थिईन् ।

teej laxmiसाँझमा शिवजीको पूजा गरी रातको समयमा नाचगान गरी बिहान सूर्योदयमा जल चढाउँदा पार्वतीको त्यो कठोर ब्रतकोकारण शिवजी खुशि हुनुभयो र स्वयम् प्रकट भई प्रत्येक्ष दर्शन दिनुभई “चिताएको पुगोस्” भनी आशिर्वाद दिनुभएपछि पार्वतीको ईच्छा अनुसार शिवपार्वतीको विवाह हुन पुग्यो । पार्वतीले त्यसरी कठोर ब्रत गरेको दिन भाद्र शुक्लतृतीयको दिन थियो । त्यसै दिनदेखि यस कुरालाई विश्वास गर्दै हिन्दू महिलाहरुले यस दिनलाई एउटा महान चाडको रुपमा मनाउदै आएका छन् । यसदिन विवाहिता महिलाहरुले आफ्नो अखण्ड सौभाग्य र पतिको सुस्वास्थ्य, दीर्घायु र सफलताको कामना गर्दै पूर्ण रुपमा निराहार ब्रत बस्ने चलन छ भने अविवाहिता नारीहरुले सुयोग्य, सम्पन्न, पढे लेखको वर÷पति पाउने आशाराखी ब्रत बस्ने चलन छ । ब्रतको दिनमा नारीहरु विभिन्न धार्मिक स्थल विशेषगरी आफ्नो घर नजिकका शिव मन्दिरमा गई पूजा गर्ने, चिताएको कुरा पुगोस् भनी प्रार्थाना गर्ने र ब्रतको महात्म्य एवं कथा सुन्ने र भोलिपल्ट विहान ब्रतसांज्ञगोदान गरी कन्या र ब्राम्हणलाई दान दक्षिणा दिने परम्परा छ ।

हिन्दू नारीहरुको जीवनको सार्थकतानै केमा छ भने जसलाई मनैदेखि पतिको रुपमा एकपटकबरण गरिन्छ उसैसंग निष्ठापूर्वक बाँकी जीवन निर्वाह गर्नु पर्छ । हाम्रो संस्कार, हाम्रो विश्वास र भगवानमा यती धेरै तगत छ, जसले यो ब्रत निष्ठा पूर्वकपालना गर्दछ त्यसलाई मनोवाँञ्छित फल प्राप्त हुन्छ ।  यसैदिन पार्वतीले आफ्नो तपस्या पूरागरी शिवजीलाई पति पाएको हुनाले यस दिनलाई खुशीकासाथ नाचगान गरी मनाउने चलन छ ।
teej laxmi jotiनाचगान, गीत र संगीतका पक्षमा कुरा गर्नुपर्दा यो दुई पक्षसंग सम्बन्धित छ । एक महादेब र पार्वतीको विवाह प्रसंगसंग सम्बन्धित धार्मिक मूल्य र मान्यताको आधारमा गीतको रचना गराईएको हुन्थ्यो भने अर्कोतर्फ घरपरिवारको बुहार्तनबाट मुक्तिको ईतिहास बोकेको तीज महिलाले सामाजिक र बैचारिक कुरीतिका कारण परिवारभित्र झेल्नु परेका बाधा, अडचन र अप्ठेराहरुको गीतका माध्यमबाट भनेपनि व्यक्त गरी केहि हद सम्म सामाजिक चेतना फैलाउने गरेको पाईन्थ्यो । ऐतिहासिक रुपमा हेर्दा तीजका गीतहरु आफ्नै हातबाट तालीका माध्यमले मिठो आवाज निकाली कुनै पनि बाद्यवादनको जरुरत बिनानै प्रस्तुत गर्न सकिन्छ । तर पछिल्ला केहिवर्षदेखियता यस्ता तीजका गीतहरु विषयबस्तु, मुल्य र मान्यता भन्दा फरकशैलीमा प्रस्तुह हुदै आएको पाईन्छ ।

समयको अन्तरालसंगै देश र परिस्थितिअनुसारका विषयवस्तुसंगै अगाडी बढ्ने क्रममा तीजका गीतहरु पनि पप र रकशैलीमा प्रस्तुत हुन थालेका छन् । गीत सुन्दा र भिडियो हेर्दा अश्लिल नग्नता नै प्रदर्शन हुने गरी, परिवारसंगै बसेर हेर्न र सुन्न समेत अप्ठेरो हुदै आएको महसुसहुन थालेको छ । समयको गतीसंगै हरेक विषयवस्तु पनि परिमार्जित हुनु तस्वभाविकै हो तर सम्बन्धित

नाचगान, गीत र संगीतका पक्षमा कुरागर्नुपर्दा यो दुई पक्षसंग सम्बन्धित छ ।एक  महादेब र पार्वतीको विवाह प्रसंगसंग सम्बन्धित धार्मिक मूल्य रमान्यताको आधारमा गीतको रचना गराईएको हुन्थ्यो भने अर्कोतफ घरपरिवारको बुहार्तनबाट मुक्तिको ईतिहास बोकेको तीज महिलाले सामाजिक र बैचारिक कुरीतिका कारण परिवारभित्र झेल्नु परेका बाधा, अडचन र अप्ठेराहरुको गीतका माध्यमबाट भने पनि व्यक्त गरी केहि हदसम्म सामाजिक चेतना फैलाउने गरेको पाईन्थ्यो । ऐतिहासिक रुपमा हेर्दा तीजका गीतहरु आफ्नै हातबाट तालीका माध्यमले मिठो आवाज निकाली कुनैपनि बाद्यवादनको जरुरत बिनानै प्रस्तुत गर्न सकिन्छ । तर पछिल्ला केहि वर्षदेखियता यस्ता तीजका गीतहरु विषयबस्तु, मुल्य र मान्यता भन्दा फरक शैलीमा प्रस्तु हुदै आएको पाईन्छ । समयको अन्तरालसंगै देश र परिस्थितिअनुसारका विषयवस्तुसंगै अगाडी बढ्ने क्रममा तीजका गीतहरु पनि पप र रकशैलीमा प्रस्तुत हुन थालेका छन् । गीत सुन्दा र भिडियो हेर्दा अश्लिल नग्नता नैप्रदर्शन हुने गरी, परिवारसंगै बसेर हेर्न र सुन्न समेत अप्ठेरो हुदै आएको महसुस हुन थालेको छ । समयको गतिसंगै हरेक विषयवस्तु पनि परिमार्जित हुनु त स्वभाविकै हो तर सम्बन्धित विषयका मुल्य र मान्यता अनि त्यसका संरचना र विशेषतालाईनै समाप्त पार्न खोज्नुलाई संस्कृतिसँग जोडिएको विकृति भन्दा फरक नपर्ला ।
तीजको चौथो दिन ऋषि पञ्चमीको नामले चिनिन्छ । पौराणिक हिन्दूशास्त्र अनुसार हरेक महिलाको महिनैपिच्छे हुने बाह्र महिनाको र जस्वलाको समयमा थाहा पाई वा नपाईकन कतिपय कुराहरु छुवाछुत हुन सक्छन् । महिलाहरुको शारिरिक बिकासक्रमलाई यस दिन गरिने पूजाले बढी जिम्मावार बनाउने  त गर्दछ नै तर यस्ता छुवाछुतले बिकृति पनि निम्त्याएको महसुस पनि हुने गरेको छ । यसर्थ तीज पर्वलाई हाम्रो परंपरा सँस्कृतिलाई जगेर्ना गर्ने र बिकृतिपूर्ण अन्ध बिश्वास र नयाँ पुराना बिकृतिलाई भने सुधार गर्नु आवश्यक भईसकेको छ ।

उक्त पापबाट मुक्ति हुन हरेक वर्ष भाद्रशुक्ल पंञ्चमीका दिन ३६५ दतिवन टोकेरखोलामा बगाउनु पर्छ । ३६५ वटा गनिएका तील, जौ र चामल राखेर माथिबाट पानी खन्याई छानिएको शुद्ध पानीले नुहाउनु र सप्तऋषिको पूजा गरे पछि महिलाहरु पूर्ण रुपमा शुद्धि र मुक्ति पाउछन् भन्ने कुरामा विश्वास रहदै आएकोछ ।

​बिज्ञान, प्रविधि, संचार र यातायातको विकासले अझ विश्वलाई साँघुरो गराई एउटै देश जस्तो बनाईदिएको छ । जसले गर्दा हामी नेपालीहरु पनि प्रायविश्वका सबैजसो लगभग दुई सय देशहरुमा छरिएर रहन पुगेका छौं

हामी विश्वका कुनाकाप्चामा जहाँ जसरी रहेपनि
“यो मन त मेरो नेपाली हो” भनेझै आफ्नो संस्कार, परम्परा, चालचलन, रितीरिवाज
संगैनै बोकर हिडिरहेका छौं । हामीले आफ्ना परम्परागत चाडवाडहरुलाई पछ्याउँदै
विदेशि भूमिमाआफ्नो मौलिकताको परिचय दिन पनि पछि परेका छैनौं ।

तर यहि दिने क्रममा तीजको पक्षलाई नियाल्दा भने स्वदेशमा होस् या विदेशमा बितेका केहि वर्षदेखि यता हामीले यसका नाउँमा धेरै समय र पैसा खर्च गर्ने परम्परा बसाउन थालेका छौं । हुनत, हरेक पक्षका सकारात्मक र नकारात्मक पक्ष त हुन्छन् नै । समाज परवर्तनशील छ  र समाजमा परिवर्तन पनि आउनु पर्छ । तर परिवर्तन कता तर्फ ? र कुन पक्षमा छ भन्ने कुरा बुझ्न पनि आवश्यक छ ।

समाज ठिक÷सहि बाटोतिर गईरहेको छ कि गलत तर्फ ? त्यसैले हामी नारीले पनि समय, सामाजिक र मानसिक बिचारको परिवर्तनसंगै आफूलाई ढाल्दै ल्याउदा आफ्नो अस्तित्व रपहिचानसंग देश र समाजप्रति केहि कर्तब्यनिष्ठ हुन आवश्यक छ भने देशको महत्वपूर्ण विषयमा संवेदनशिल हुनु पर्दछ । हामीले संस्कृति र परम्परा जोगाउने नाउँमा विकृतिको जालो बुन्दै जानुभन्दा तीजलाई महिलाअधिकार, मुलुकको विकास र समानताको लक्षमा रहन उपयुक्त देखिन्छ । अझैपनि पितृसत्तात्मक सोचबाट मुक्त हुन नसकेको हाम्रो समाजमा आजदेशका सर्वोच्च पदहरु राष्ट्रपति, सभामुख र सर्वोच्च न्यायालय प्रमुखमा पनि महिला नै पुगिसकेका छौं । सयौं वर्षदेखि न्यायको प्रतिककारुपमा सर्वोच्च अदालतको प्राङ्गणमा रहेकी “आँखामा कालोपट्टि बाँधेर हातमा तराजु समात्ने” महिलाको सपना अब साकार भएको छ । हामीले ईतिहास रचेका छौं ।
हुनत हामीले हाम्रा धर्म र संस्कार मनाउनु हाम्रो नैसर्गिकअधिकार हो । आफ्ना पहिचानका यी संस्कारहरु हाम्रा भावी सन्ततिलाई मान्न सिकाउनु र लगाउनु हाम्रो कर्तब्य पनि हो । यसलाई कसरी सरल र  सहजरुपले सम्य र मनोरञ्जनात्मक कार्यक्रमहरु गरी मनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने आवश्यक देखिन्छ ।

तीजको पक्षमा कुरा गर्दा तीजपर्व आउनु केहि दिन होइन, हप्तामात्र पनि होइन महिनौदेखि देशभित्र मात्र होइन प्रवासमारहेका सम्पूर्ण नेपाली नारीहरुलाई यसको उत्साहित रौनकले  छोप्ने गरेकोउदाहरण त सामाजिक संञ्जालका भित्ताहरुमा आएका रंगिचंङ्गी कार्यक्रमतालिकाका ताजा प्रमाणहरु छन् । हामी संबेदनशील नारीहरुले महिनौ रहप्तौंहप्ता तीजका दरको पार्टिका बारेमा चिन्ता गरेर बस्नुभन्दा मानवीय संवेदनाको दृष्टिले हेर्दै  सामाजिक अवस्थाप्रति गंभीर भएर सहयोग गर्ने, दुःखमा हात बढाउने कार्यक्रमका साथ मनाउदा हामीलाई अझ धेरै आत्मसंतुष्ठि मिल्ने थियो कि त !
देश महाभूकम्पबाट पिडीत भएको लगभग डेढ बर्ष बितिसक्दा पनि लाखौ आमा, दिदीबहिनी, बालबच्चाहरु त्रिपालभित्रै रहनवाध्य भएका छन् । भूकम्पको घाउमा खाटा नबस्दै हालसालै अफगानिस्तानमाआत्मघाती बम बिष्फोटमा परेर टुहुरिएका परिवार, सिउदो पखालिएका दिदीबहिनीहरुलाई सोचौ, तिनका टुहुरा नावालक बच्चाहरुलाई सोचौं, भर्खरैमात्रै भोटेकोशीको बाढि पहिरोमा परि सायौं घर परिवार र धनजनको नाश भएको छ । त्यसतर्फ सोचौ र हामीले महिनौ र हप्तौंसम्म गरिने तीजको दरपार्टिमा खर्च गर्ने रकमले केहि हदसम्म यस्ता विपत्तिमा परेकालाई राहत पु¥याउन सकिन्छ कि !

तीजलाई नारीहरुको विवाहको श्रृङ्गारको पर्वको रुपमा पनि लिईन्छ । त्यसैले यो पर्वमा नारीहरु बढि श्रृङ्गारिक हुनु स्वभाविकै हो । तर परम्परा संस्कृति र आफ्नो मौलिकतालाई जोगाई राख्ने बहानामा महंगा बस्त्र रग र गहनाको प्रतिस्पर्धाले बिक्रितिको  शुरुआत हुदै आएको महसुस विगतका केहि बर्षदेखि गरिदै आएको छ । व्यक्तिगत प्रतिष्ठामा गहना र कपडालाई बढिनै मात्रामा महत्व दिन थालिएको छ । यो राम्रो लक्षण होईनन् । वास्तवमा मेरो विचारमा नारीको सौन्दर्य र गहना भनेको उसभित्र भएको संस्कार हो, शिक्षा हो र क्षमता हो । हाम्रो समाजमा सबै महिला सबै हिसाबले सक्षम छैनन् । हरेक नारीका आफ्ना आफ्ना कर्तब्य र बाध्यताहरु होलान् । देशमा होस् या विदेशमा होस् कोहि उच्च शिक्षाका लागि रहेका विद्यार्थी होलान्, कोहि जागीर नभएर आर्थिक कमाई नहुनेहरु होलान्, आपूm र परिवारलाई भर्खर स्थापित गराउन संघर्ष गर्नेहरु होलान्, एक्लो कमाईले बाँच्न पर्नेहरु होलान्अथवा बच्चाहरु हुर्काउनु, पालनपोषण गर्नु, पढाउनु अथवा ठूलो परिवारकोआर्थिक बोझ धान्नु पर्नेहरु होलान् । त्यसैले कमाई हुने, संचय हुने र सक्नेले त प्रदर्शन गर्ने भए भने नसक्नेले के गर्ने ? जुन नारीले माथिका विभिन्न कारणहरुले गर्दा सामाजिक प्रतिस्पर्धाको होडबाजिमा जान चाहँदैनन् अथवा सक्दैन् उनीहरुले आपूmलाई असक्षम ठान्नु, विरक्तिनु, खल्लो मान्नु र निरासिएर कार्यक्रममा सहभागी हुन नसकेको अवस्थाहरु थुप्रै छन् । त्यसैले समाजमा केहि सक्षम र सम्पन्न नारीहरुले गर्दा विपन्न नारीहरुलाई तीज एउटा पिडा नबनोस््, आफ्ना दिदिबहिनी तथा साथीभाई बिचको निकट सम्बन्ध पर नसरोस्, आर्थिकरुपले सम्पन्न र विपन्न बिचको खाल्डो फराकिलो बन्दैनजावस् साथै यस पर्वको मौलिकता, साँस्कृतिक र धार्मिक महत्व ओझेलमानपरोस् । जसका लागि समाजका अगुवा, शिक्षित र बुद्धिजिबीहरुले विपन्नवर्गका नारीहरुमाथि पनि सोच, विचार पु¥याई अपूmलाई भडिकलो रुपमा प्रस्तुत नगरी यस्ता पर्वहरु खर्चिलो र तडकभडक नभई सरलीकृत बनाई मनाउदै लैजानमा प्रोत्साहन गर्नु आजको आवश्यकता महसुस भएको छ ।

​ज्यादा नुनले मान्छेको मृगौला बिगार्छ भने जस्तै ज्यादा सुन, हिराका गर गहना र महंगा बस्त्र र भडिकलो पनाले सामाजिक र मनोबैज्ञानिक असर पनि गर्छ । विदेशमा होस् या स्वदेशमा आखिर  चाडबाडमा हुने गरेका यस्ता प्रदर्शनीले अनेक विकृति ल्याई असुरक्षाको वातावरण श्रृजना हुने गरेको हामीसबैलाई अवगतै भएको कुरा हो । यसरी नेपाली नारीहरुको गरगहनाको प्रदर्शनी देखेपछि पश्चिमा मुलुकहरु खासगरी, बेलायत, अमेरिका, अष्ट्रेलियामा चोहरुले आजभोली नेपालीका बासस्थानलाई निशाना बनाउन थालेको कुराहरु पनि सामान्य लाग्न थालेको छ भने स्वदेशमा त यस्ता चोरी, डकैती र अपराधहरुको कुरै नगरौं । हुन पनि घाँटिमा सामान्य, सुन्दर, चट्टदेखिने नेकलेसको लम्बाई चौडाई बढेर गर्धन र छाति ढाक्न थालेकोले नेपाली नारीहरुको ब्लाउजको साईज, डिजाईन र लम्बाई चौडाई घटेर कपडामा केहिबचत त भएकै होला भने छड्के तिलहरी र घाँटिका अन्य सानातिना गहनाहरुमोटाएर ठूलो हुनु त स्वभाविकै हो । हाम्रा हजुर आमाका पालादेखिनै हराएका जन्तर र चन्द्रमाहरु फेरी नयाँ स्वरुप लिदै बाक्ला र चक्ला हुदै मोटाएर आएका आजभोली हामीसंगै छन् ।

मैले त समाजलाई नियाल्दा नयाँ स्वरुपमा मोटाएर र फुलेर आएका विभिन्न सुन र हिराका गहना जति झल्काए पनि त्यसले नत कसैको व्यक्तित्व बढाएको देख्छु न त अनुहारमा सुन्दरता थपेको । न त निरोगी भई अथवा स्वस्थ्य रहि आयुनै लामो भएको पाएको छु । हुनत यीकुराहरु सबै मैले समाजलाई नियाल्दा देखेका मेरा बुझाई र भावनाका कुरामात्रै हुन्, म गलत पनि हुन सक्छु । यी कुराहरु कुनै कसैको व्यक्तिगत रुपमाहेरेर लेखिएको नभई समसामयिक स्थितिको चित्रण गरेको मात्र हो । कसैलाई यी कुराहरुमा सहमत नहोला तर अन्यथा नलिई दिुहोला दिदीबहिनीहरुले ।
​कतिपय कुराहरु जीवनमा पहिलो चोटि अथवा केहि पटक गर्दासम्म राम्रो र महत्वपूर्ण लाग्दो रहेछ । जब त्यहिकुरा पटक पटक दोहरिन्छ कताकता चित्तनबुभ्mने र खल्लो लाग्ने रहेछ । हुनत “चिनी पनि धरै खायो भने तितो हुन्छ”भन्ने उखान त्यसै बनेको थिएन होला । मेरो आफ्नो अनुभवमा सोह्रवर्ष आगाडि मेलबर्नमा आईपुग्दा शुरु शुरुका केहि वर्ष तीजका निहुँमा केहि साथीभाइ र परिवारहरु मिलेर मनाईन्थ्यो र धेरै खुशि लाग्दथ्यो । दर खाने दिन र तीजको दिनमा मात्रै सिमित रहन्थ्यो । सोह्रवर्षपछिको अन्तरालमा आईपुग्दा अनगिन्ती तीजका कार्यक्रमले घरपरिवार, साथीभाइ, संघसंस्थाद्वारा आयोजित हप्तौं र महिनासम्म घरपरिवार र पेशागत कामहरु संहाल्न हम्मेहम्मे पर्न थालेकोेछ । यस्ता चाडवाडको अवसर पारेर सामाजिक संस्थाहरुले कार्यक्रमकोआयोजना गरी केहि रकम संकलन गरी नेपालमा बाढी पिडीत, भूकम्प पिडीत रअझ विपत्तिमा परेका परिवार बालवच्चा र नारीहरुलाई केहि हदसम्म भएपनि राहत पु¥याउन सक्नु जस्ता सह्राहनिय कार्यहरु गर्दा उचितै होला ।
जस्तो किनारी निकुञ्ज अष्ट्रेलियाले केहि बर्षदेखि यता तीजको कार्यक्रमहरु गर्दानेपालमा पाठेघर झरेका दूर्गम क्षेत्रका नारीहरुको लागि बर्षेनी स्वास्थ्य शिविरको आयोजना गरी मद्दत गर्ने हिसाबले गर्दै आएको छ । यसैगरी मेलबर्नस्थित Nepalese Association Victoria ले हरेक बर्ष विशेष कार्यक्रकोआयोजना गरी सयौं नेपाली नारीहरुलाई एउटै थलोमा भेला गराई तीजको मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ भने अरु सानातिना संघसंस्थाहरुले पनि आफ्ना आफ्ना ढंगले तीजका कार्यक्रमहरु जोडतोडका साथ मनाउदै छन् । स्वदेशमै पनि बितेका केहि वर्षदेखि यता महिला र सम्बन्धित विभिन्नसंघसंस्थाहरुले केहि हप्ता वा महिना अगावैबाट सम्बन्धित महिलाहरुलाईआवद्ध गरी दर खुवाउने र तीजका कार्यक्रमहरु गर्ने चलन चल्दै आएको छ ।
​वास्तवमा तीज आफैमा एक सुन्दर पर्व हो । नारीहरुले रातो टिका, राताकपडा, राता चुरा, राता, निलो, हरियो, पहेंलो पोते आदि सबै सबैमा रंगिनु यसपर्वको रंग हो । यिनै राता पहिरन र हरिया छड्के तिलहरिमा ढल्कदै र कम्मर मर्काउदै तीजका दिनमा नाँच्ने रहर त कसलाई नहोला र ? हाम्रो देशका महानायकका नामले चिनिने उमेरको हिसाबले पाँचौ दशक पार गरिसकेकाराजेश हमालले त आफ्ना रहरलाई लुकाउन नसकेर “शकुन्तला” नामकचलचित्रमा सिंदूर, टिका, चुरा, पोते, साडि र छड्के तिलहरी लगाई तीजकोगीतमा नाचेको त हामीले हेर्न बाँकी नै छ ।
​त्यसैले “कर्म गर फलको आशा नगर” भन्ने गीताको पवित्र बचनलाईमनन गरी तीजको दर खाऔं, ब्रत बसौ, ब्रतको नतिजा महादेवको हातमा छाडौं, नाचौं, गाऔं, रमाऔं र तीज मनाऔं । नेपाल र नेपाल बाहिर रहनु भएकासम्पूण दिदि बहिनी तथा आफन्त र साथीभाइहरुमा हरितालिका २०७३ कोसुखद् उपलक्षमा तपाईहरुको आफ्नो अखण्ड सौभाग्य र पतिको दिर्घायु सुस्वास्थ्य र सफलताको कामना गर्दै, तपाईहरुको ब्रात सफल होस्, इच्छागरेको पुगोस्, यहि छ मेरो शुभकामना र यहि हो मेरा लागि तीज ।

बक्सहिल साउथ, मेलबर्न अष्ट्रेलिया

 

प्रकाशित मिति: २०७३ भदौ २१ गते ८:४० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी