पचहत्तरै जिल्लामा उद्योग धन्दा परामर्श केन्द्र ः उद्योेगमन्त्री जोशी

nabindra-raja-joshiपाल्पा, २५ भदौ । उद्योेगमन्त्री नविन्द्रराज जोशीले देशका ७५ जिल्लामा उद्योग धन्दा परामर्श केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

पाल्पा उद्योग वाणिज्य सङ्घको ६०औँ साधारणसभा तथा १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले ठूला उद्योगलाई लगानीमैत्री बनाउन र मझौला तथा साना उद्योगलाई संरक्षण गर्न सरकार लागिपरेको बताउनुभयो ।

उद्योग व्यवसाय गर्न चाहने युवालाई उचित परामर्श दिई ऋणको लागि सिफारिसको व्यवस्था मिलाएको मन्त्री जोशीले बताउनुभयो । देशका कुना कुनामा उद्योग स्थापना भए मात्र देशले आर्थिक क्रान्ति गर्न सक्ने उहाँको भनाइ थियो । आगामी मङ्सिरदेखि परामर्श केन्द्र सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

सकारले जलविद्युत, कृषिजन्य उद्योग स्थापनालाई प्राथमिकतामा राखेको मन्त्री जोशीले बताउनुभयो । “सुरक्षित लगानीका लागि आवश्यक कानुनदेखि सुरक्षाको प्रबन्ध गर्न मन्त्रालय कटिबद्ध छ,” उहाँले भन्नुभयो । पाल्पाको ढाका, करुवा, अदुवा, दालचिनी जस्ता घरेलु कुटिर उद्योग प्रोत्साहन गरी दिगो बनाउन सरकारले पहल गर्ने उहाँले आश्वासन दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष शेखर गोल्छा र महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले देश विकासको लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रकाशित मिति: २०७३ भदौ २५ गते २१:२५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी