दसैँलाई काठमाडौंमा ६५ करोडका खसी–बोका

काठमाडौं, २६ भदौ । व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ ।

चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दसैँमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । उनले भने, ‘यसपटक तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुनेछन् ।’ संघमा करिब तीन सय व्यवसायी आबद्ध छन् । ती व्यवसायीले भारतका विभिन्न बजारबाट खसी–बोका आयात गर्नेछन् । दसैँमा करिब १५ करोडका खसी–बोका मुलुकभित्रकै अन्य जिल्लाबाट राजधानीमा ल्याउने तयारी गरिएको छ ।

भारतबाट साताको दुईपटक आइतबार र बिहीबार २० गाडी खसी–बोका आयात भइरहेको छ । एउटा गाडीमा २ सयदेखि २ सय ५० वटासम्म खसी–बोका अट्छन् । फूलपातीको आसपास पुगेपछि ५ दिनसम्म प्रत्येक दिन दैनिक २० गाडीका दरले आयात हुने संघका अध्यक्ष गोविन्द पाठकले जानकारी दिए । ‘दसैँमा मागअनुसार खसी–बोका आपूर्ति गर्न सबै व्यवसायी तयार भएर बसेका छौँ,’ उनले भने । आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

घटस्थापनाको दुई दिनअघिबाट बिक्री
दसैँका लागि आयात हुने खसी–बोका घटस्थापनाको दुई दिनअघिबाट बिक्री थालिने व्यवसायीले बताएका छन् ।  ‘घटस्थापनाका दुई दिनअघिबाट दसैँका लागि खसी–बोका बिक्री थाल्छौँ,’ थापाले भने, ‘त्यसपछि फूलपाती, अष्टमीसम्म बिक्री हुन्छ ।’ दसैँमा माग बढ्दा सामान्य वृद्धि हुन सक्ने व्यवसायीको भनाइ छ ।

दसैँमा एउटा खसीको औसत मूल्य १३ हजार
दसैँ खर्चको जोहो गर्न थाल्ने उपभोक्ताले खसी किन्ने सोच बनाउनुभएको छ भने करिब १३ हजार रुपैयाँ छुट्याइहाल्नुस् । व्यवसायीका अनुसार दसैँका लागि राजधानीमा आयात हुने एउटा खसीको औसत मूल्य १३ हजार रुपैयाँ पर्नेछ । काठमाडौंको खसीबजारमा औसत १३ हजारको खसी–बोका उपलब्ध हुने व्यवसायी थापाले बताए । १३ हजारमा करिब २५ किलोको खसी आउँछ ।

प्रकाशित मिति: २०७३ भदौ २६ गते ९:४९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी