रुद्राक्षको कारोबार घट्दै

संखुवासभा– आम्दानीको राम्रो स्रोत मानिएको रुद्राक्षको कारोबार कम भएपछि खाँदबारी, तुम्लङटार र भोजपुरको दिङला बजार पोहोरको तुलनामा यो बर्ष चहलपहल धेरै कम छ ।

होटेल र बजारका चोकचोकमा पोहोर साल रुद्राक्षको कारोबार हुने गर्थ्यो तर यसपाली त्यस्तो छैन। यो बर्ष चिनियाँ व्यापारी नआएको कारण पनि रुद्राक्ष कारोबार कम भएको ब्यापारी दिलिप श्रेष्ठले बताए ।’rudrachhya-image

चीनियाँ र भारतीय व्यापारी खाँदबारीमा रुद्राक्ष खरिदका आएका छैनन् उनले भने गाउँगाउँबाट रुद्राक्ष बिक्री गर्न आउनेको भिड पनि कम छ।’ खाँदबारी, तुम्लिङटार दिङला बजारमा जहिले पनि चहलपहल हुने गर्थ्यो ।

यसपटक भने रुद्राक्षको कारोबार कम हुदा बजार सुनसान जस्तै भएको श्रेष्ठ बताउछन् । धुपुका रुद्राक्ष कृषक मिलन जोगीकाका अनुसार पोहोर भन्दा रुद्राक्ष धेरै फले पनि बजार भाउ कम हुदा यो बर्ष आम्दानी कम भएको बताए ।

पोहोर रुद्राक्ष बिक्रि गरेर १० लाख भन्दा बढी आम्दानी भएको थियो,तर यो बर्ष बजार भाउ कम हुदा ५ लाख पनि आम्दानी नभएको उनले बताए ।
गत बर्ष आकार मिलेको ६ मुखे रुद्राक्ष प्रतिगोटा सय रुपैयासम्ममा बिक्रि हुन्थ्यो,तर यो बर्ष ६ मुखे रुद्राक्षको मूल्य प्रतिगोटा पाँच रुपैयामा पनि बिक्रि नभएको अर्का कृषक चुडा कुमार श्रेष्ठले दुखेसो पोखे ।

चिनियाँहरूले विशेष गरी रुद्राक्ष सजावटका लागि प्रयोग गर्न खरिद गर्ने गरे पनि यो बर्ष चिनियाँ ब्यापारी नएकोले रुद्राक्षको बजार मूल्य पनि कम भएको कृषकहरु बताउछन् ।

यता शिवजीको प्रसादको रूपमा ठूलामुखे रुद्राक्ष भरतका व्यापारीले प्रयोग गर्ने गरेको पाइन्छ। गत वर्ष मात्र संखुवासभा र भोजपुरमा करोडभन्दा बढीको रुद्राक्ष खरिदबिक्री भएको व्यवसायीहरू बताउँछन् । रुद्राक्ष खरिदबिक्री गर्न जिविसले एक हजारभन्दा बढी व्यापारीलाई लाइसेन्स वितरण गरेको जनाएको छ ।

प्रकाशित मिति: २०७३ भदौ २६ गते १३:१९ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी