एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए -सलाममा हुने

nrnaगैर आवासीय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए-सलाममा यही डिसेम्बर २४ (२५ ,२०१६ मा सम्पन्न हुने भएको छ ।  बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा र नेपाल दुतावास दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ ।

बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या , नेपाल दुतावास र निकायको न्युन उपस्थितिले परी रहेको समस्या ,गैरकानुनी मानव ओसारपसार ,अफ्रिका राहत कोष तथा अफ्रिका र नेपाल बिच पर्यटन अनुभव आदान/प्रदान लगायत बिषयमा छलफल गर्नेछ ।

बैठकमा एक दर्जन भन्दा बढी अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समितीहरुको उपस्थिती रहनेछ  ।

बैठकको आयोजना गर्न अफ्रिका क्षेत्रिय संयोजक सुनिल कार्की संयोजक र एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापा सह्संयोजक रहेको एक आयोजक समिति गठन भएको छ ।

प्रकाशित मिति: २०७३ भदौ २८ गते १०:४८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी