बसमा करेन्ट प्रवाह हुँदा ७ को मृत्यु

काठमाडौं, २९ भदौ । भारतको दिल्ली–कानपुर रुटमा चलिरहेको एउटा यात्रु बसमाथि हाइटेन्सन लाइनको तार चुडेर करेन्ट प्रवाह हुन पुग्दा ७ यात्रुको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार बिहान कानपुरबाट दिल्ली हाइवेतर्फ दौडिरहेको बस एटाबाट निस्केर बेवरतर्फ लाग्दै थियो। तर, बेवर डिपो नजिकै रहेको ३३ हजार केवी क्षमताको हाइटेन्सन लाइनको तार टुटेर बसको छतमा झरेको थियो। तारले बसमा छुने वित्तिकै यति तीब्रगतिमा करेन्ट प्रभाव भएको थियो, गाडीभित्रका यात्रुहरूले भाग्ने मौका पनि पाएनन्।
यो घटना बिहानको १० बजे घटेको भारतीय अखबारहरूले जनाएका छन्। घटनामा ७ जनाको तत्कालै निधन भएको र केही गम्भीर रूपले घाइते भएको जनाइएको छ। घटनालगत्तै प्रहरीहरू उद्धारका लागि तैनाथ भएका थिए। उनीहरूले घाइतेलाई उपचारका लागि र मृतकको पोस्टमार्टमका लागि स्थानीय अस्पताल पठाएका थिए। प्रहरीका अनुसार निधन हुनेमा तीन महिला र तीन पुरुष तथा एक नाबालक छन्। उनीहरूको सनाखत हुन बाँकी रहेको बताइएको छ।
अत्याधिक करेन्ट प्रवाह भएका कारण बसमा आगो लागेको बताइएको छ। यात्रुहरूको आवाज सुनेपछि बाटोमा हिडिरहेका व्यक्तिहरू उद्धारका लागि सक्रिय भएका थिए।
प्रकाशित मिति: २०७३ भदौ २९ गते ८:४५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी