दिपावलीको अवसरमा मलेसियामा ‘परदेशी धमाका’

manuक्वालालाम्पुर, २९ भदौ । दीपावली २०७३ को अवसरमा परदेशी धमाका विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ। बुधबार राजधानी क्वालालम्पुरको परदेशी रेष्टुरेण्टमा आयोजित पत्रकार सममेलनमा परदेशी धमाका आयोजक दिल कुमार केरुङले मलेसियामा रहेका नेपालीलाई नेपालका चर्चित  कलाकारलाई उपस्थित गराई मनोरञ्जन दिलाउने बताए ।
कार्यक्रमको लागि नेपालबाट हाँस्य कलाकार विल्सन विक्रम राई ९ तक्मे बुढा ०, नेपाली तारा २ सन्तोष लामा, डान्सर तथा मोडेल पार्बती राई, गायक तथा गायिकाहरु लाक्पा शेर्पा, यासेली योङहाङ र मनु नेम्वाङ लगायतका कलाकारले दीपावलीमा मलेसियामा धमाधा मच्चाउने छन् ।
रेष्टुरेण्ट व्यवसाय गर्दै आएका केरुङले नेपालीहरुको महान पर्वमा यहाँका नेपालीहरुलाई मनोरञ्जन दिनुको साथै कार्यक्रमबाट आएको नाफाबाट जेलमा रहेका केही नेपालीको  लागि एकतर्फि टिकट उपलब्ध गराउने बताए ।
कार्यक्रमको मूख्य प्रायोजक लिङदेन ईण्टरप्राईजेज एसडिएनविएचडि रहेको छ । साथै मञ्जरी थिएटर ग्रुप, उग्रतारा रेष्टुरेण्ट, किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाती महासंघ, किराँत धर्म तथा साहित्य उत्थान संध मलेसिया तथा शेर्पा किदुक मलेसियाले पनि कार्यक्रलाई सहयोग गर्ने भएका छन् ।
दीपावलीको अवसरमा अक्टोबर २९, ३० तारिख कार्यक्रम हुनेछ । मुहार र क्वालालाम्पुरमा २ वटा कार्यक्रम हुने र ३१ तारीख क्वालालाम्पुरमै भीआईपी सो पनि आयोजना हुने आयोजक दिल कुमार केरुङले जनाए ।
अझै थप कलाकारहरु ल्याउनको लागि नेपालमा रहेका धमाकाका संयोजक तेन्जिङ शेर्पाले पहल गरिरहेको लागेको आयोजक केरुङले बताए ।

प्रकाशित मिति: २०७३ भदौ २९ गते २०:३० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी