प्रधानसेनापति ट्रफी खेलकुद–२०७३ सम्पन्न

 काठमाडौँ, २९ भदौ । नेपाली सेनाले आयोजना गरेको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७३ आज सम्पन्न भएको छ ।

सेनाद्वारा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र परिसरमा आज आयोजित कार्यक्रममा विजेता खेलाडी, पूर्व खेलाडी एवम् प्रशिक्षकलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगितामा प्रधान सेनापति पृतना रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि हवाई सुरक्षा निर्देशनालयले हात पा¥यो । त्यसैगरी मध्यपश्चिम पृतना दोस्रो तथा मध्य पृतना हेड क्वार्टर टोली तेस्रो भयो ।

त्यसैगरी, रियो ओलम्पिक २०१६ मा एथलेटिक्सतर्फ सहभागिता जनाएकी सुदूरपश्चिम हवाई सुरक्षा ब्याट्रीकी प्युठ सरस्वती भट्टराई ुर त्रिभुवन आर्मी क्लबसँग आवद्ध पौडीका शिरिष गुरुङलाई पनि सम्मान गरिएको थियो ।

यस्तै खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाको गरिमालाई उच्च राख्न योगदान पु¥याउनुभएका जुडो प्रशिक्षक इन्द्र डङ्गोललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट विभिन्न खेलका छजना पूर्व राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित खेलाडीहरुमा तेक्वान्दोका ध्रुवबहादुर गुरुङ र शङ्कर तामाङ, फुटबलका बाबुकाजी धौवन्जार, बक्सिङका पूर्णबहादुर गुरुङ, भारत्तोलनका ज्ञानबहादुर श्रेष्ठ र पौडीका सीताराम शाही हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०७३ भदौ २९ गते २१:०८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी