गंगामायाले अनशन तोडिन्

ganga-maya-adhikari काठमाडौँ, २९ भदौ । सशस्त्र द्वन्द्वकालमा मारिएका आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही माग गर्दै आन्दोलनरत गंगामाया अधिकारीले अनशन तोडेकी छन् ।

वीर अस्पतालमा नै आमरण अनशनमा रहेकी गंगामायाले एक महिनादेखि औषधि र स्लाइनसमेत लिएकी थिइनन् । उनले मंगलबार राति अनशन तोडेकी हुन् ।

विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत गङ्गामायाले अदालतको बयानका लागि अनशन तोडेकी हुन् ।

गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार यही असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि आफूहरुको आग्रहमा अधिकारीले अनशन तोडेकी छन् ।

उनले भने –‘बयान दिनकै लागि भए पनि बोल्नसक्ने अवस्थामा हुनुपर्ने भएकाले हामीले सास रहे न्याय पाइन्छ भनेर नै उहाँलाई अनशन तोड्न लगाएका हौँ ।’

विसं २०७२ पुस ६ गते सर्वोच्च अदालतले आरोपीमध्येका एक छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सो आदेश कार्यान्वयन भएको थिएन ।

मानवअधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतका प्रशासनिक प्रमुख आफैँ काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागेको हो ।

प्रकाशित मिति: २०७३ भदौ २९ गते २२:२० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी