श्रीमती बेच्न अनलाईनमा विज्ञापन

wifweआजभोलि प्रविधिले मानिसलाई सजिलो बनाई दिएको छ । आफुलाई चाहिने सामान किन्न पसल तथा सुपरमार्केट पुगिरहन पर्दैन । अनलाईनमा एक क्लिक गरेको भरमा आफुलाई चाहिने समान आईपुग्छ । त्यस्तै आफुलाई बेच्न मन लागेको कुरा पनि अनलाईनमै बेच्न सकिन्छ ।

यो सुविधासँगै कतिपय मानिसहरुले यसको दुरुपयोग पनि गरिरहेको पाईन्छ । यस्तै एक घटना बेलायतमा घटेको छ ।

सिमन ओ केन नामका एक बेलायती पुरुषले आफ्नी श्रीमती लिएन्ड्रालाई अनलाइन सपिंग साइट इ बे मा बिक्रिमा राखेका छन् ।

आफ्नै श्रीमतीलाई लिलाम बढाबढमा बेच्नका लागि इ बे मा विज्ञापन राखिएको दुई दिनमा उनकी श्रीमतीलाई किन्न चाहनेहरुको भिड नै लागेको छ । लिएन्ड्राको लागि दुइ दिन भित्रैमा ६५ हजार ८८० पाउण्ड सम्मको बोली लगाइएको थियो । गत बुधबार उनको विज्ञापन प्रकाशन भएको थियो ।

दुइ बच्चाका पिता सिमनले आफ्नी श्रीमतीलाई बेच्न चाहनुको कारण पनि विज्ञापन सँगै खुलस्त पारेका छन् । लिएन्ड्राले एक समर्पित पत्नीको भूमिका ननिभाएको दाबी उनको छ । जसका कारण उनको चित्त दुखेछ । विज्ञापनमा उनले आफ्नी पत्नी भान्साको काममा निपूर्ण रहेको खुलाएका छन् ।

उनले पत्नी खरीदकर्ताका लागि एक शर्त पनि राखेका छन् । जस अनुसार एकपटक बेचिसकेको माल फिर्ता हुनेछैन ।

wife-2

सिमन एक टेलिकम इन्जिनियर हुन् । जबकी लिएन्ड्रा एक ब्युटी थेरापिष्ट । लोग्नेले आफैलाई बेच्नका लागि अनलाइनमा विज्ञापन दिएको थाहा पाएपछि लिएन्ड्रा रिसले चूर भएकी छिन् । आफुलाई निकै रिस उठेको र लोग्नेलाई मारिहाल्न मन लागेको उनको भनाई छ । मानिसहरु यस्तो देखेर हाँसिरहेको उनी बताउँछिन् ।

अझ अनौठो कुरा त के भने लोग्नेले आफुलाई बिक्रि गर्नका लागि प्रकाशन गरेको विज्ञापनमा आफ्नो नराम्रो चाहीँ फोटो राखिदिएकोमा उनको सबैभन्दा ठूलो गुनासो छ ।

प्रकाशित मिति: २०७३ भदौ ३० गते ८:३० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी