रुसमा रगत–रातो नदी बग्न थाल्यो

red-river

© krasnews / Instagram

नेपाल आवाज, ३१ भदौ/काठमाण्डौं । रुसको नोरिलिस्क क्षेत्रको  डाल्डिकन नदीमा रगत रङको पानी बग्न थालेको छ । आर्कटिक शहर भएर बग्ने यस नदीमा रगत—रातो रङको पानी बग्न थालेपछि बिश्वभर सर्बाधिक रहस्य र चर्चा बढेको छ । बिभिन्न चासोसँगै यसलाई धार्मिक वा भौगर्भिक उत्पाद (आतंक) को संज्ञा पनि दिन थालिएको छ ।

nasa-pic-red-river

Photo by NASA

हिजो बिहिबार नासाले सेटलाईटबाट लिईएको तस्बीरमा धेरै किलोमीटरसम्म रगत–रातो रङको पानी देखिएको हो । नासाका उपग्रहरुमा पटक पटक लिएका तस्बीरहरुमा रङ परिवर्तन गरेका तस्बीरहरु रेकर्ड छन् । तर नोरिलिस्क नदीमा रङ परिवर्तन भएको यो पहिलो पटक हो । उक्त पानी बगेका ठाउँहरुमा ठूला ठूला रगतका फाल्सा सुकेको देखिन्छ ।

रुसको साईबेरियन क्षेत्र संसारकै बढी प्रदुषणयुक्त शहर बन्दै गएको छ । यो शहर पुरानो तर मानविय बसोबासका हिसाबले प्रतिकुल वाताबरणीय क्षेत्र र खानीयुक्त भूबनावटले बनेको छ । रुसी ईतिहासमा राजनीतिक बन्दीहरुलाई संजायँ दिन साईबेरिया पठाउने गरिन्थ्यो ।

यो क्षेत्रको जमिनमा प्रसस्त धातुहरुको मात्रा संचित रहेको छ । निकल र प्लेटनियम समूहका धातुहरुको सबैभन्दा ठूला उत्पादकहरुको प्लान्ट रहेको छ । जनिभित्र धेरै मात्रामा रहेको फलामे खियाले पनि रङमा परिवर्तन आएको अनुमान रहेको छ । त्यतिमात्र होईन यस क्षेत्रमा जमिनमा रुखहरुको अभाव छ । जैविक र खनिज बस्तुहरुको बाधा बिशेषताले यो क्षेत्रमा यस्ता भौगर्भिक परिवर्तनहरु देखिएको हनुसक्छ ।

रसियाको प्राकृतिक श्रोत मन्त्रालयले शुरुका दिनमा बाढीका कारण नदीको रङ बदलिएको बताए पनि अहिले उक्त परिवर्तनलाई स्वीकार गरेको छ । एजेन्सीहरु

भिडियोका लागि तलको लिंक क्लिक गर्नुहोस ।

https://www.facebook.com/RTvids/videos/1304298616247055/

प्रकाशित मिति: २०७३ भदौ ३१ गते ९:३३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी