विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन सूचीमा नेपाल १ सय ८ औं

pokhara-city-nepal-pictures

भाद्र ३१, २०७३- विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १ सय ५९ राष्ट्रहरूमध्ये १ सय ८ अाैं स्थानमा रहेको छ। समृद्धि फाउन्डेसनले क्यानडाको फ्रेजर  इन्स्टिच्युटसँग सहप्रकाशन गरी बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल १ सय ८ औंमा परेको हो।

गत वर्ष यस प्रतिवेदनमा नेपाल १ सय ५७ राष्ट्रहरूमध्ये १ सय ६ औं स्थानमा थियो। ‘विगतका विभिन्न अध्ययनहरूले देखाएअनुसार आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरूका जनताहरूमा बढी समृद्धि, बढी राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उदाहरणका लागि आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेका राष्ट्रहरूको सन् २०१४ मा औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ४१ हजार २ सय २८ अमेरिकी डलर रहेको थियो भने आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरूको चाहिँ ५ हजार ४ सय ७१ अमेरिकी डलर थियो।’

यसबाहेक आर्थिक रूपले स्वन्तन्त्र राष्ट्रहरूमा सबैभन्दा गरिब १० प्रतिशतको औसत आम्दानी (अमेरिकी डलर ११ हजार २ सय ८३) पनि आर्थिक रूपले अस्वतन्त्र राष्ट्रहरूको समग्र औसत आम्दानीभन्दा अधिक छ।

प्रकाशित मिति: २०७३ भदौ ३१ गते १३:४२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी