माओवादीले भन्यो- अख्तियार आत्तिएर बार्गेनिङमा आयो

lokman singh karkiकाठमाडौं – सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ ।

अख्तियारले माओवादी सेनाका लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेतालाई३० दिन भित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरूले त्यस्तो आरोप लगाएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला शुक्रबार अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषण र अन्या नाममा गएको रकमबारे छानबिन अघि बढाइएको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै बाहिर ल्याउने बताएको थियो ।

‘यो शान्ति प्रक्रियासँग सम्बन्धित विषय हो। यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरूरी छैन। यसलाई बार्गेनिङ टुल्सका रूपमा प्रयोग गर्न खोजिँदैछ,’ माओवादी केन्द्रका वरिष्ठ नेता बर्षमान पुनले भने, ‘ त्यति बेला शिविर व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको थियो । छानबिनका कुरा नियमित हुन्। तर अहिले यो विषय उठाउनु असान्दर्भिक छ। यो आत्तिएको मानसिकताको उपज हो ।’ आजको अन्नपूण पोष्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: २०७३ असोज २ गते १०:०२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी