भाषा परीक्षा उत्तीर्णहरूको स्वास्थ्य परीक्षण ४ असोजदेखि

काठमाण्डौं, २ असोज । गत असार ४ र ५ गते लिइएको सातौ“ कोरियन भाषा परीक्षा उत्तिर्ण हुनेहरूको स्वास्थ्य परिक्षण असोज ४ गते देखि हुने भएको छ ।

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत यसवर्ष कोरियन भाषा परीक्षा उत्तिर्ण गरेका तीन हजार पाँच सय १७ जना परिक्षार्थीको स्वास्थ्य परीक्षण असोज ४ गते देखि सुरु हुने भएको हो ।

उनीहरूको नामावली रोष्टरमा चढ्नका लागि स्वास्थ्य परिक्षण उत्तिर्ण हुुनैपर्नेछ । त्यसपछि उनीहरूले रोजगार आवेदन फारम भर्नुपर्नेछ । लगत्तै उनीहरूको ‘स्किल टेष्ट’ अर्थात सीप परीक्षण गरिनेछ ।

असोज ४ पछि तोकिएका सरकारी अस्पतालहरूमा भाषा परीक्षा पास गरेकाहरूको स्वास्थ्य परीक्षण सुरु हुने इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जानकारी दिए ।

गत साउन ११ गते नतिजा प्रकाशन भएको सो परिक्षामा यस वर्ष ५७ हजार एक सय २९ जना सहभागी भएका थिए । कोरियाले नेपाललाई यो वर्ष तीन हजार एक सय कोटा छुट्याएपनि ३ हजार ५ सय भाषा परीक्षामा उत्तिर्ण भएका छन् ।

परीक्षामा कोटाभन्दा ४१७ जना बढी उत्तिर्ण भएका हुन् । सो भाषा परिक्षामा २ हजार एक सय ४० कृषि क्षेत्रमा र १ हजार तीन सय ७७ जना उत्पादनमुलक क्षेत्रमा उत्तिर्ण भएका थिए ।

प्रकाशित मिति: २०७३ असोज २ गते १०:१६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी