ज्येष्ठ कम्युनिस्टलाई गणतान्त्रिक योद्धा सम्मान

काठमाडौँ, २ असोज । राष्ट्रिय जनसांस्कृतिक महासङ्घले प्रथम संविधान दिवसका अवसरमा पाँच वरिष्ठ र ज्येष्ठ कम्युनिष्टलाई गणतान्त्रिक योद्धा सम्मान प्रदान गर्ने भएको छ ।

महासङ्घले हर्ष स्याङ्बो (९०), विष्णुबहादुर मानन्धर (८६), कृष्णराज बर्मा (८६), लक्ष्मीभक्त उपाध्याय (८६), कृष्णदास श्रेष्ठ (८५), भरतमोहन अधिकारी (८०), सिद्धिलाल सिंह (७९) र कमल कोइराला (७८) लाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको अध्यक्ष खगेन्द्र राईले बताउनुभयो ।

उहाँहरुले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा दिनुभएको योगदानको कदर गर्दै सो सम्मान दिइने भएको हो । ती सम्मान यही असोज ४ मा यहाँ आयोजना हुने कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाट प्रदान हुनेछ ।

प्रकाशित मिति: २०७३ असोज २ गते २२:५२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी