हङ्गेरीमा दुई विमान ठक्कर खाई दुर्घटनाग्रस्त

बुढापेस्ट (हङ्गेरी), २ असोज । हङ्गेरीको आकाशमा आइतबार दुई साना विमान एक आपसमा ठक्कर खाई दुृर्घटनाग्रस्त भएपछि दुई विमान चालकसहित चार जनाको मृत्यु भएको यहाँको विपद् व्यवस्थापन निर्देशनालयले जानकारी दिएको छ ।

चारसिट भएको सेसना–१८२ र छसिट भएको पाइपर–२८ नामक दुई विमान एक आपसमा जुधेपछि बुढापेस्टदेखि ३० किलोमिटर टाढा गोढोलो सहर नजिकैको जङ्गलमा खसेको निर्देशनालयले आफ्नो वेबसाइटमा जनाइएको छ ।

सेसनामा यात्रारत विमान चालक, एक नाबालक र एक अन्य गरी तीनजनाको मृत्यु भएको छ भने पाइपरका विमान चालकको मात्र मृत्यु भएको छ ।

पाइपरमा रहेका चारवटा प्यारासुटको प्रयोग गर्दै चार जनाले भने ज्यान जोगाउन सफल भएका बताइएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: २०७३ असोज २ गते २३:१६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी