दुई विद्यालयका ढोकामा सिलिन्डर बम विस्फोट, स्थानीयवासी त्रसित

काठमाडौँ, ४ असोज । राजधानीको बौद्ध क्षेत्रमा रहेका दुई विद्यालयको ढोकामा आज बिहान बम विस्फोट भएको छ ।
ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित रेडियन्ट स्कुल अगाडि राखिएको बमको हल्लाले आज बिहान स्थानीयवासीमा त्रास छाएको छ ।

सो स्थानमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्दा नक्कली भएको पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्ष्क ईश्वर कार्कीले बताउनुभयो । बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिस्ट फोर्स नेपाल लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार बौद्धमा रहेका आकाशद्वीप बोर्डिङ स्कुल र मनकामना उमाविमा सिलिन्डर बम विस्फोट भएको हो । सानो आकारको सिलिन्डरलाई बमका रुपमा प्रयोग गरिएको र विस्फोटका कारण कुनै मानवीय क्षति नभएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी बौद्ध क्षेत्रमै रहेको इस्टपोल एकेडेमी, एम्बेस्ड एकेडेमी, राई स्कुल र बालसंसार स्कुलमा शङ्कास्पद वस्तु भेटिएको थियो । ती वस्तु बम नभएको पुष्टि भएको छ । बम र शङ्कास्पद वस्तु राखिएका स्थानमा योंग कम्युनिस्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र लेखिएको पर्चा भेटिएका छन् ।

प्रकाशित मिति: २०७३ असोज ४ गते १०:५४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी