कोरियामा ब्यवसायी डाँगीको आत्महत्या

late-manaojkorea

फोटोः मृतककै फेसबुकबाट

सेउल, ४ अशोज । कोरियामा ब्यबसाय गर्दै आएका संखुवासभाका मनोज कुमार डाँगीको मृत्युले उनलाई चिन्नेजान्नेहरु अचम्ममा परेका छन् । पछिल्लो समय सौल स्थित सिन्चोनस्थित काठमाण्डौं रेष्टुरेण्ट सञ्चालन गर्दैं आएका समाजसेवीका रुपमा समेत चिनिएका डाँगीले आत्महत्या गरेको भन्दा कसैलाई बिश्वास लागेको छैन ।

मंगलबार साँझ ४ बजेतिर आफ्नै कोठामा उनलाई छोराले डोरीमा झुण्डिएको अवस्थामा देखेका थिए । अरुलाई आत्माहत्या गर्नु हुन्न, मानसिक तनाब लिनु हुन्न भन्दै ब्यबसायी तथा समाजसेवीको हैसियतले विभिन्न सार्वजनिक समारोहमा भेटिने डाँगीको आत्माहत्याको समाचारले कोरियावासी नेपालीहरु स्तब्ध भएका छन्  ।

उनको लाश अहिले सउलको एक अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट पछि मात्र अत्महत्या हो वा होइन भन्नेकुरा थाहा हुने अस्पतालमा पुगेका एक नेपालीले जानकारी दिए ।

मृतक डाँगीको शव अहिले सोलको होमोनदोङ स्थित दोङ्सिन हस्पिटलको लास घरमा राखिएको एन आर एन आईसिसि प्रतिनिधि के पि सिटौंलाले बताएका छन् ।

घटना के कति कारणले भएको हो भन्ने यकिन भैनसकेको र घटनाको जनकारी आउन बाकि रहेको कोरियाका कार्यबाहक राजदुत किरण शाक्यले जानकारी दिए । डाँगी अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष समेत रहेका थिए ।
उनका  श्रीमति र दुई छोरा छन् ।

प्रकाशित मिति: २०७३ असोज ४ गते २३:१५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी