धादिङको लापाङमा बस दुर्घटना, १७ काे मृत्यु

धादिङ, ११ असोज ।  मार्पाकको लवांगफेदीमा यात्रुवाहक बस दुर्घटना हुँदा चार जना महिलासहित १७ को जनाको मृत्यु भएको छ । घाइते भएका २० जनामध्ये ९ जना सख्त घाइते छन् । सख्त घाईते ६ जनालाई सानो हेलिकप्टर मार्फत उपचारार्थ काठमाडौं लगिएको छ ।

बिहान सदरमुकामको मिलनटोलबाट ३५ जना टिकट काटेका यात्रु लिएर किङ्गताङ्गफेदीका लागि छुटेको ना ४ ख ३३१८ नंबरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको धादिङ जिल्लाका प्रहरीले जानकारी दिएको छ। बसपार्कबाट ३५ जना बोके पनि बीच बाटोमा अरु थपिएको हुन सक्ने प्रहरीले बताएको छ । मृतकको नाम खुल्न सकेको छैन ।

भुकम्पले क्षतिग्रस्त घरको पुनर्निर्माण गर्न पहिलो किस्ता ५० हजार रकम अनुदान लिन आएका उत्तरी भेकका सत्यदेवी र री गाविसका अधिकांश भुकम्पपीडित यात्रुहरु बसमा रहेको टिकट काउन्टरले जनाएको छ ।

मिलनटोलस्थित काउन्टरमा सदरमुकाममा बस्ने उत्तरी भेकका आफन्तजनहरुको भीड लागे पनि मृतकहरुको नाम खुल्न नसकेकोले सबै आफन्तजनहरु अन्योलमा परेका छन् । थप १५ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारार्थ सवा २ बजे उद्धार गरी काठमाडौं लगेको सदरमुकामस्थित नेपाली सेनाको देवीदत्त गणले जनाएको छ ।

टिकटको काउन्टले दिएको चलानीमा कुनै पनि यात्रुको नाम ठेगाना लेखिएको छैन । एउटै व्यक्तिले धेरै टिकट खरिद गर्ने भएकाले टिकटमा नाम नलेखिने काउन्टर सञ्चालकले बताएका छन् ।

दुर्घटनास्थल सदरमुकाम धादिङवेसीबाट ३२ किलोमिटर दूरीमा पर्छ ।

प्रकाशित मिति: २०७३ असोज ११ गते १५:१२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी