गाडीको सिसा फुटाई लुटियो बैंकको २५ लाख

विराटनगर, ११ असोज । विराटनगरको बी प्लटमा पार्किङ गरिएको एक गाडीबाट मंगलवार मध्यान्ह २५ लाख रूपैयाँ लुटिएको छ। नेपाल राष्ट्र बैंक विराटनगरबाट झिकिएको उक्त पैसा बैंकको गाडीको सिसा फुटाएर लुटिएको हो ।

 तेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकले राष्ट्र बैंकबाट पैसा झिकेर विराटनगरको गुदरीस्थित बी प्लटमा पार्किङ गरेर किनमेल गर्न निस्केको बेला २५ लाख रुपैयाँ लुटिएको छ। नगर प्रहरी कार्यालय, विराटनगरका डिएसपी संजयसिंह थापाले गाडीबाट पैसा लुटिएको खबर आएपछि त्यो एरियालाई सिल गरेर अनुसन्धान भइरहेको जनाएको छ। प्रहरीले उक्त गाडी जिल्ला प्रहरी कार्यालयमा झिकाएको छ।

बैंकको पैसा लुटिएको घटनालाई प्रहरीले ‘शंकास्पद’ तरिकाले पनि अनुसन्धान गरिरहेको जनाएको छ।

लुटपाट भएको स्थान विराटनगरको अति व्यस्त ठाउँ हो । नजिकैको बुद्धहाट चोकमा प्रहरीको २४ घण्टा पहरा हुन्छ।

बि प्लटमा पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो। गाडी चालक बीरबहादुर लिम्बुका अनुसार गाडीलाई पार्किङ गरेर ट्युबेलमा पानी पिउन जाँदा अज्ञात समूहले गाडीको सिसा फुटाई रकम लुटेका हो। डेभलपमेन्ट बैंकका चालक र अर्का एक कर्मचारी रकम निकाल्न विराटनगर आएका थिए।

प्रकाशित मिति: २०७३ असोज ११ गते १५:२४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी