बिशिष्ठ र अरबपतिलाई लाखौंको सुविधा, गरिवलाई भने आत्म हत्या !

-लक्ष्मी पोखरेल
sujata koirala

वहां एक खानदानी कोईराला परिवारकी चेली, एक संभ्रान्त, सक्षम महिला, सुष्मा मेमोरियल ट्रष्टकी अध्यक्ष एवं अग्रणी समाजसेवी, पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री र चर्चित राजनितिज्ञको हिसाबले आफ्नो देश र जनता प्रति जिम्मेवारी वहन गर्नुपर्ने व्यक्तित्व, जसको अरबौ निजी सम्पत्ति छ

गौरव महसुस हुन्छ, नेपाल विश्वमै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ ता की राष्ट्रपति, प्रधान न्यायधिस र सभामुख जस्तो राष्ट्रको उच्च ओहोदामा एकसाथ महिला पदासिन छन् । लामो समयको संघर्ष, हजारौंको त्याग र बलिदानले यो सम्भव भएको हो । यो बिरता पछिको सफलतामा एउटा महिला हुनाको नाताले गौरब हुन्छ नै । तर यिनै महिला नेतृहरुका ब्यबहार र चरित्रहरुले महिलाहरुकै बद्ख्वाईं गरेका टिका टिप्पणीहरुले सिंङ्गो देशलाई नै शिर निहु¥याउनु पुग्छ ।
यतिबेला विश्वभर छरिएर रहेका नेपाली संचार माध्यम र सामाजिक संजालका भित्ताहरुमा हुने टिका टिप्पणीका कारण नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उप—प्रधान तथा पराराष्ट्र मन्त्री सुजाता कोईराला बन्न पुगेकी छन् । सवाल यहाँनेर होकी पूर्व प्रधानमन्त्री स्व.गिरिजा प्रसाद कोईरालाकी सुपुत्री समेत रहेको सम्पन्न परिवारकी नेतृ कोईरालाले आफ्नो उपचारका लागि रु.१ करोड मागेपछि उठेको हो । कोईरालाकी आमा सुस्मा कोईरालाको नाममा सुश्मा मेमोरियल ट्रष्ट समेत सञ्चालनमा रहेको छ । उनको मागलाई सम्बोधन गर्दै सरकारले रु. ५० लाख उपचार खर्च समेत दिएको अबस्था छ ।
६२ वर्षीय कोईराला दशैंको लगत्तै एशियाली महिलाहरुको संञ्जाल आईक्यानको सम्मेलनमा मलेसिया रहेको बेला एक्कासि रिंगटा लागेपछि अस्पताल पुगेकी थिईन । जाचबुझ गर्दा स्तन क्यान्सरको बायप्सी तथा सल्यक्रिया गरी एक हप्ताको अस्पताल बसाई पछि स्वदेश फर्किएकी थिईन् । स्वदेश फर्कने बित्तिकै सुजाताले राज्यकोषबाट आफ्नो उपचार खर्च रकम भनि एक करोड रुपैयाँ माग गर्न पुगेको समाचारहरु मिडियामा आएका थिए । जसले गर्दा नेपाली जनताहरुलाई नेताहरु प्रतिको रुष्ठताले फेरी एकपटक सम्पूर्ण नेपाली संचार माध्यम र सामाजिक संजालका भित्ताहरु ततिन पुगे ।
हुनपनि २०६८ सालमा ल्याएको “नागरिक राहत, आपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कायविधि” अनुसार सरकारले चाहेमा जोसुकै व्यक्तिलाई जतीपनि रकम उपलब्ध गराउन सक्ने प्रावधान भएको कारणले राज्य कोषको ढुकुटिबाट जथाभावि रकम हिनामिना हुदै आईरहेको कुरा आम जनतालाई अवगतै छ ।

यहि मौकामा चौका हान्ने क्रममा भू.पू. राष्ट्रपति रामबरण यादवले गतवर्ष कम्तीमा दुई करोड रुपैयाँ लिएको खुलासा संचार माध्यमहरुले गरेका थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यसको फइदा लुट्न पछि परेका थिएनन् । त्यसरी नै पूर्व प्रधानमन्त्री स्व.शुसिल कोईराला, के.पी. ओली, पूर्व प्रधान न्यायधिस बिश्वनाथ शाह लगायतले मूलुकको ढुकुटी रित्याउन भ्याएका छन् । सुनिन्छ सुजाताले पनि काँग्रेस सभापति शेर बहादुर देउवालेनै सुराकी लगाएर स्वास्थ्यमन्त्रीको पदमा रहेका भाई गगनलाई धर्म संकटमा पारेकी हुन्् । केही समय अघि मात्र स्वास्थ्य मन्त्री गगन थापाले बिशिष्ठलाई पनि १५लाख भन्दा माथिको उपचार खर्च दिन नहुने बिल संसदबाट पास गरेका थिए ।

केहि महिना अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालकी श्रीमती सहित भारत भ्रमणमा रहदा सिता दाहाल अनुशासन, मर्यादा र आधुनिकताको खिल्ली उडाउने पात्र बनेकी थिईन् भने गत महिना सम्पूर्ण राष्ट्रकै आमाको रुपमा सजिएकी राष्ट्रपति विद्या भण्डारीले आफ्नो सुरक्षार्थ डिउटीमा खटिएका सेनालाई आफ्नो र सन्तानको जुत्ता, चप्पल समेत बोकाएको दृश्य संचार माध्यममा छाएको थियो । उनको यो ब्यवहारले राष्ट्रपति भैसक्दा पनि नैतिकता र सभ्यताको अर्थ नबुझिएको हो कि ? हाम्रो संस्कार र सोचाइमा सुधार आउनुपर्ने आवश्यकता हो भन्ने कुराको द्वन्द आम नेपाली जनताको मानसपटलमा सलबलाउन पुग्यो भने कताकतै फेरी पञ्चायत र राजकीय चालचलनकै्र पुनराबृत्ति हुन थालेको त होईन ? भन्ने सवाल उठ्न थालेको छ ।
देशलाई राजनीतिको मैदान बनाई कुस्ती खेल्दै कुर्चिमा बस्ने । अनि सामान्य रुघाखोकी लाग्दैमा, सामान्य ज्वरो आउदैमा र पातलो दिशा लाग्दैमा सामान्य रोगको उपचारको लागि भनी राज्यकोषको ढुकुटि खोतलेर विदेश धाउने प्रबृत्ति हाम्रा नेताहरुमा दिनरात बढ्दो छ । आफ्नो उपचारको नाममा आफ्नै हात जगन्नाथ गर्ने आदत परेका हाम्रा नेताहरु लाखौदेखि करोडौको धावा बोल्दै लाजै पचाएर राज्यकोषमा भिखको हात फैलाउछन् । जनताको त्याग र बलिदानीको फलस्वरुप सत्ताको सुखसयलमा लतपतिएका यस्ता व्यक्तित्वहरुले राष्ट्रकोषका थैलीहरु यस्तै बहानामा रित्याउदै गर्ने प्रबृत्तिले आज देशले यो दुर्दशा ब्यहोर्नु परेको छ ।
सर्वसाधारण जनताले सुखपूर्वक दुईछाक खान र ओभानो ओतमा बस्नसम्म नपाएको अवस्थामा राज्यबाट तलब र अनेकौ भत्ताका सुविधा भएका, केहिबर्ष अघिसम्म हात्तिछाप चप्पल पड्काउदै हाम्रा नेताहरु सत्ता र शक्तिको, आडमा अहिले शिर्ष महलमा बसेर पनि सरकारसंग करोडौं रुपैयाँ उपचारको लागि माग गर्नु कत्तिको औचित्य होला ?? देशमा भएका विशिष्ट भनाउदाहरु र स्वघोषित भि.आई.पी.हरु आफूले थुपारेको सम्पत्ति भोली सती लैजाने पक्कै पनि होईन भने स्वयम्को खर्चले आफ्नो उपचार गर्नुहोस् । गरिब देश र जनताको अगाडी एक धनी नेता (मामाको धन फूपूको श्राद्ध भनेझै आफ्नो उपचारको लागि राज्यको कोश प्रयोग गरेर एक अपांग झै नबन्नुहोस् । राज्यले तपाईहरुलाई मात्रै बचाउने जिम्मा लिएको छैन । यहाँ लाखौं, करोडौं गरिब, असहाय, बृद्धबृद्धाहरु सामान्य उपचार र एउटा सिटामोल समेत सरकारबाट पाउन नसक्दा भोकमरीले पिल्सिएर, रोगले छटपटिएर अकालमा मृत्यु वरण गर्न वाध्य भएका छन् । यदि यस्ता नेता र विशिष्टहरुलाई राज्यकोषबाट रकम निकालेर विदेशमानै लगेर उपचार गरेर बचाउनु पर्ने हो भने जुन जनता सामान्य उपचार पनि नपाएर मरेको छ उ आफै मरेको नभई राज्यले मारेको भनेर बुझ्नु पनि यो देशमा कुनै अनर्थ नहोला ।
मर्ने रहर कसैलाई हुदैन, बाँच्ने रहर सबैमा हुन्छ र जन्मिए पश्चात् बाँच्ने अधिकार पनि विशिष्ट होस् या सामान्य व्यक्ति किन नहोस् सबैमा बराबरी हुन्छ । त्यसैले देशमा नेता होस् वा विशिष्ट वा सामान्य जनता जोसुकै किन नहोस उपचार गर्न पाउने अधिकार र सरकारी सहुलियत सबैमा बराबरी हुनुपर्छ । जुनकुरा विधानमा राखेर व्यवहारमा लागूगर्न सकेको खण्डमा देशमा बर्षेनी हजारौं लाखौ आत्माहरु कलिलै उमेरमा तड्पिनु पर्ने थिएन होला ।

प्रसंग सुजाता दिदीतर्फ नै जाऔं—वहां एक खानदानी कोईराला परिवारकी चेली, एक संभ्रान्त, सक्षम महिला, सुष्मा मेमोरियल ट्रष्टकी अध्यक्ष एवं अग्रणी समाजसेवी र चर्चित राजनितिज्ञको हिसाबले आफ्नो देश र जनता प्रति जिम्मेवारी वहन गर्नुपर्ने व्यक्तित्व । जसको अरबौ निजी सम्पत्ति छ भन्ने पनि सुन्नमा आएको छ ्र रोगले आक्रमण गर्न ठूलो, सानो, विशिष्ट र सामान्य व्यक्ति भन्दैन र रोग ठूलो र सानो भन्ने पनि हुदैन । जस्तोसुकै रोग जब कुनै मानिसलाई लाग्छ त्यस व्यक्तिका लागि ठूलो नै हुन्छ । दुर्भाग्यवस सुजाता दिदी जस्तो ठूलो व्यक्तित्वलाई पनि सामान्य मानिसलाई पनि लाग्ने रोग लागेछ ।
हुनत क्यान्सरनै भईसकेपछि यसको भूतले तर्साउने, व्यक्तिगत र पारिवारिक पिडा, आर्थिक र मानसिक तनाव त आफ्नो ठाउँमा छँदैदन् तर त्यससंग लड्न र जित्न पनि व्यक्ति स्वयममा आत्म विश्वास चाहिन्छ । त्यसैले भनिन्छ कुनै रोग लागिसकेपछि ब्यक्ति तनावमा आएर आत्मबल घटायो भने झन् महारोगले आक्रमण गर्छ । त्यसैले आपूmसंग आत्मबल बढाएर आपूmलाई विश्वास गर्न सिकाउछ । अग्रेजीमा यसलाई एयधभच या एयकष्तष्खभ तजष्लपष्लन भनिन्छ । सुजाता दिदी तपाईलाई भाइ गगन थापाले आर्थिक सहयोग रु. पन्द्रलाख दिने त निर्णय गरिसक्नुभयो । अब आफ्नै देशको उपचार पद्धती र स्वदेशकै जनशक्तिलाई विश्वास गर्दै विसांै करोड जनताका छोराछोरीले उपचार गराउने देशकै राष्ट्रिय क्यान्सर रोग अस्पतालमा उपचार गर्ने ईच्छा तपाई स्वयमलाई लाग्नु पर्ने हो । तपाई जस्तो व्यक्तित्वले त मनन् गरी एउटा पाठ पनि सिक्नु र सिकाउनु पर्ने हो । आफ्नै बुहारी सुपात्राले सशांक विरामी पर्दा देखाएको आफ्नो देश र दक्षता प्रतिको विश्वास आत्मबल र सन्तुष्टिको प्रतिफल केहि महिना अगाडि मात्र उदाहरणको रुपमा प्रस्तुत गरेकी थिईन् ।

राज्यकोष भनेको जनताले आफ्नो गास काटेर उठाएको करको रकम हो । धन्य तपाईको एक करोडको आवाजले जनतालाई रुष्ट बनाउँदा मन्त्रालयले बाध्य भएर यस ब्रम्हलुटलाई केहि हदसम्म भएपनि कम गर्ने हेतुले कार्यविधि शंसोधन गर्ने निर्णय ग¥यो । जस अनुसार देशका महत्वपूर्ण र विशिष्ट व्यक्तिहरुलाई दिदै आएको अश्चित उपचार रकमलाई परिमार्जित गरी बढीमा पन्द्रलाख सम्मको आर्थिक सहायता पाउने तर त्यो ब्यक्तिले सिधै नपाएर खर्चका आधारमा सिधै सम्बन्धित अस्पताललाई भुक्तानी गर्ने निर्णय गरेको छ । उपचारको क्रममा सर्वप्रथम सरकारी अस्पतालमानै जानुपर्ने र निजी अस्पतालहरुमा जान परेको अवस्थामा उपचारमा संलग्न डाक्टरले स्पष्ट कारणसहित रिफर गर्नुपर्ने र नेपालका निजी अस्पतालमानै सेवा उपलब्ध हँुदाहुँदै अथवा नहुँदा विदेश जानु परेमा कारण सहितको बिबरण दिन सकेको खण्डमा जीवनकालमा एकपटक रु. पन्द्रलाखसम्म पाउन सक्ने प्रावधान बनेको छ । जुन प्रस्तावित कार्यविधि अनुसार वर्तमान र पूव राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्याधिश, वर्तमान् तथा पूर्व सभामुख, मन्त्री, राज्यमन्त्री, सहायक मन्त्री, सांसद, संवैधानिक अंगका वर्तमान प्रमुख एवं पूर्वपदाधिकारीहरु रहेका छन् । यसका लागि केहि हदसम्म भएपनि स्वास्थ्यमन्त्री गगनकुमार थापा र वहाँको कार्यदललाई सलाम छ ।

हाम्रो जस्तो गरिब देशमा विशिष्ट र नेताहरुलाई पन्द्रलाख रुपैयाँसम्म दिन सकिन्छ भने सामान्य जनताहरुलाई पनि त्यहि अनुसारको सेवा सुविधाहरु उपलब्ध गराउन सक्नु पर्छ । जहाँ जनताहरु सामान्य उपचारको हजारौंको बिल तिर्न नसकेर आत्महत्या गर्न बाध्य भएका उदाहरण प्रसस्तैै छन् । भर्खरै मात्र बिराटनगर अस्पतालमा २५ वर्षिय अनुज विश्वासले ःभलष्लनष्तष्क रोगबाट पिडीत हुदा तीनलाख रुपैयाँ उपचारको रकम तिर्न नसक्दा अस्पतालमै आत्महत्या गरे भने काठमाण्डौ स्थित शिक्षण अस्पतालमै एक युवकले आर्थिक समस्याबाटै पिडीत हुदा भ्mयालबाटै खसेर आत्महत्या गरेको उदाहरण ताजा छ ।
त्यसैले देशमा परिवर्तन आउनु पर्छ, नेताहरुको मानसिक सोचाइ बदलिनु पर्छ । नियम कानूनमा समय सापेक्ष पविर्तन हुदै जानुपर्छ, आपूm र आफ्नो राष्ट्रको उपचार पद्धतीको विश्वास नगरी सोझै विदेशी उपचारको मुख ताक्ने, परिपाटि हटाउन सक्नु पर्छ । बैदेशिक उपचारको पक्षमा हेर्दा देशका विशिष्ट तहमा पुगेका र राजनीतीज्ञहरुले आफ्नो मनोमानिकासाथ पार्टीको आडमा करोडौं खर्च गरेर वर्षेनी च्याउ उम्रेझै उमारिएका निजी अस्पताल र कलेजबाट उत्पादित जनशक्ति के का लागि ? तपाईहरु जस्ता व्यक्तित्वहरुले आफैले लगानी गरी उत्पादन गरेका जनशक्तिलाई विश्वास नगरेर अथवा देशमा गुणस्तरीय उपचार पद्धति छैन भनी सरकारसंग करोडौको भिक मागि बिदेशिने परम्परा कायमै राख्ने हो भने सर्वसाधारण जनताले के गर्ने ?
हुनत, देशमा केहि महिना अगाडी मात्रै समातिएका दर्जनौ नक्कली डाक्टरहरुका प्रमाणहरुले पनि नेता र सक्षम व्यक्तिहरुलाई उपचार गर्न विदेश जान बाध्य गराएको होला भन्ने अडकल काट्न सकिन्छ । तर ती नक्कली डाक्टरका सक्कली अनुहार पनि तपाईहरु जस्तै नेताका नातावाद, कृपावाद र फरियावादमा संलग्न भएका प्रमाण त आज सम्बन्धित निकाय र जनताहरुलाई छर्लङ्ग भैसकेको छ ।

त्यसैले नेताज्यूहरु, सरकारलाई मागिखाने र ठगिखाने भाडो नबनाउनुहोस् ।“बनको देवताभन्दा घरकै भूत प्यारो” भनेझै आफ्नै देशको उपचार पद्धतिलाई विश्वास गरेर राज्यले हिडाएको उपचार मार्गमा यात्रा गरौ, जसले यात्रा सहज र सन्तुष्टिपूर्ण हुनसक्छ । आपूmसंग सत्ता र शक्ति छ भन्दैमा जथाभावि बल प्रयोग नगरौं । राज्यको ढुकुटीमा ¥याल काढ्दा आत्मसम्मान पनि नहोला । सुजाता दिदि हुनत तपाईलाई अहिले क्यान्सरको भूतले दर्शाएर मन रापिलो भएको बेलामा जनताबाट घ्यू थप्ने काम भैरहेको महसुस हुनु स्वभाविकै हो । आत्मबल बढाउनुहोस्, स्वदेशमानै उपचार गराउनुहोस् । लाखौ जनता यहि उपचार गराएर सामान्य जनजीवनमा फर्किन सक्ेका छन् भने तपाई पनि पक्का सक्नु हुनेछ किनकि तपाईलाई त अझ स्वदेशको अस्पतालमा पनि भी.आई.पी. उपचार सेवाको अवसर उपलब्धनै छ ।
ुध्ष्कज थयग बिि तजभ दभकत ायच थयगच तचभबतmभलत च्यबम तय ब क्उभभमथ चभअयखभचथु
यहि छ मेरो शुभकामना ।

(लेखिका अष्ट्रेलियाको मेलवर्नमा सिनियर नर्स छिन्)

प्रकाशित मिति: २०७३ कार्तिक ३० गते ०:०२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी